बहुचर्चित कालो हरिण शिकार अभियोगमा फिल्म अभिनेता सलमान खान दोषी ठहर भएका छन् । उनलाई ५ वर्षको जेल सजाय भएको छ । २० वर्ष देखि मुद्दा झेल्दै आएका उनलाई अदालतले दोषी ठहर गरेको हो ।

के हो मामला ?

सलमान खान विरुद्ध कालो हरिणको शिकार गरेको विषयको मुद्दा २० वर्ष पहिलादेखि जोधपुरमा चलिरहेको छ । यसअघि जोधपुर अदालतले उनलाई अलग अलग मामलामा पाँच वर्ष र एक वर्षको सजाय सुनाएको थियो । तर सलमान खान उच्च अदालतबाट छुटे । दुवै मामलामा राजस्थान सरकारले उच्च अदालतको फैसला विरुद्ध अपिल गरेको थियो । जबकि आम्र्स एक्टको मामलामा पनि सलमान तल्लो कोर्टबाट छुटेका थिए ।

सेप्टेम्बर १९९८ राजस्थानमा फिल्म निर्माता सुरज बडजात्याको फिलम ‘हम साथ साथ है’ को शुटिङ चलिरहेको थियो । सलमान सहित अभिनेता सेफ अली खान, सोनाली बेन्द्रे, तव्वु तथा नीलम पनि यस फिल्ममा काम गरिरहेका थिए । यी कलाकार माथि पनि संरक्षित जनावर कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । तर विहीबार अदालतले सलमान बाहेका अन्य आरोपीलाई मुक्त गरेको छ ।

कालो हरिण शिकार अभियोगामा कुल चार केस दर्ता भएका थिए । सलमानमाथि मथानिया तथा भवादमा हरिणको शिकारका दुई छुट्टा छुट्टै अभियोग लगाइएको छ । यसका साथ साथ उनीमाथि राइफल राखेको खभियोग पनि लागेको छ ।

यो मामला कंकाणी गाउँको हो । जहाँ १–२ अकटुबर १९९८ को रात दुई कालो हरिणको शिकार गरिएको थियो ।

हरिण शिकारको मामला तथा घोडा फार्म हाउस शिकार मामलामा १२ अकटुबर १९९८ देखि १७ अक्टुबर सम्म प्रहरी तथा न्यायिक हिरासतमा रहेका थिए । १० देखि १५ अप्रिल २००६ सम्म ६ दिनका लागि उनी केन्द्रीय कारागारमा बसेका थिए ।