बलिउड अभिनेता इरफान खानको फिल्म 'ब्ल्याकमेल' ६ अप्रिलमा रिलिज हुँदैछ । तर, गम्भीर बिरामीका कारण उनी फिल्मको पब्लिसिटीमा हिँड्न पाएका छैनन् । मुश्किलको यो घडीमा इरफानलाई बलिउडका तीन खानले सपोर्ट गर्ने भएका छन् ।

खबरअनुसार, यो फिल्मको प्रमोटका लागि तीन खान ४ वर्षपछि फेरि एकपटक एकसाथ देखिँदैछन् । मुम्बई मिररको रिपोर्टका अनुसार, आमिर, शाहरुख र सलमान खानका लागि फिल्मको स्पेशल स्क्रिनिङ राखिनेछ ।

यो खबरमा कति सत्यता छ त्यो त समयले बताउनेछ, तर यदी तीन खान एकसाथ देखिएको खण्डमा उनका फ्यानका लागि भने ट्रीट हुनेछ ।

कमै यस्तो मौका आएको छ जब यी तीन खान एकसाथ देखिएका हुन् । २०१४ मा एक टिभी शोमा यी तीन खानलाई एकसाथ एउटै स्टेजमा देखिएको थियो । यो यादगार पल आज पनि फ्यानको मनमा छ ।

इरफान खानको कुरा गर्ने भने उनी न्यूरो इन्डोक्राइन ट्यूमर नामक बीमारीबाट जुधिरहेका छन् र अहिले उनी लण्डनमा उपचार गरिराखेका छन् ।

अमिताभ बच्चनका लागि हालैमा 'ब्ल्याकमेल' को स्पेशल स्क्रिनिङ राखिएको थियो । फिल्म हेरेपछि बिग बी यसको तारिफको पुल बाँध्दै गरेको देखिए । उनले इरफान खानको अभिनयको खुलेरै प्रशंसा गरेका छन् ।

फिल्ममा इरफान खानका साथै कीर्ति कुल्हारी, अरुणोदय सिंह, दिव्या दत्ता, ओमी वैद्य, अनुजा साठे, प्रद्युमन सिंह माल र गजराज रावले मुख्य भूमिका निभाएका छन् ।

अभिनव देवको निर्देशनमा तयार भएको फिल्ममा इरफान खानले पत्नीलाई ब्ल्याकमेल गर्ने पतीको भूमिका निर्वाह गरेका छन् ।