सलमानको जमानत स्वीकृत , आजै जेल मुक्त हुँदै

  • चैत्र २४, २०७४
  • ब्लाष्ट खबर

बलिउड नायक सलमान खानको जमानतबारे आज फैसला भएको छ । जोधपुर अदालतले कालो हरिण मारेको आरोपमा ५ बर्षको जेल सजाँय सुनाएपछि उनी सेन्ट्रल जेलमा कैदी नम्बर १०६ बनेर सजाँय भोग्दै थिए ।

सजाँय सुनाएकै दिन जमानतको लागि अपिल गरिएको थियो । आज भएको सुनुवाईमा रवींद्र कुमार जोशी ले उनको जमानत स्वीकृत गरेका हुन् ।

उनलाई ५० हजार मुचुल्का बनाई फैसला उनको हितमा गरिएको छ । जमानत मिलेसंगै उनी जेलबाट मुक्त हुने भएका छन् । उनको जमानत स्वीकृत भएसंगै बलिउडमा उनीमागि लगाईयो ५०० करोड बच्ने भएको छ ।

यसले गर्दा उनको करियर पनि बच्ने भएको छ । सलमानलाई जमानत मिलेसंगै उनका शुभचिन्तक तथा फ्यानहरुमा खुसी छाएको छ । आज साँझसम्म सलमान जेल मुक्त हुने भएका छन् ।