रामलीला, पद्यमावत, बाजिरावो मस्तानी जस्ता सुपरहिट चलचित्रमा सँग–सँगै काम गरेका बलिउड अभिनेता रणबीर सिंह तथा अभिनेत्री दिपिका पादुकोणले आफनो प्रेम सम्बन्धलाई अब अब पुर्ण विराम लगाउने निधो गरेका छन् ।

उनीहरुले आफ्नो प्रेमलाई अब विवाहमा परिणत गर्ने निश्चित गरेका हुन । यद्यपि उनीहरु अहिले आ–आफ्नो चलचित्रमा व्यस्त भएता पनि आफ्नो विवाहको लागि पनि तयारी भने गर्न थालिसकेका छन् । लामो समयदेखि उनीहरुको विवाहको चर्चा चलेता पनि उनीहरुले आफ्नो विवाहको वारेमा कुनै चर्चा गरेका थिएनन् । तर अब भने उनीहरुले आफ्नो विवाहको मिति नै तय गरिसकेका छन् । उनीहरु यही वर्षको सेक्टेम्वरदेखि डिसेम्वरसम्ममा विवाह बन्धनमा बाँधिने छन् । उनीहरु आफ्नो विवाहको लागि उपयुक्त वेडिगं डेस्टिनेशन पनि हेर्न थालिसकेका छन् । दिपिकाले विवाहको सपिङ समेत थालिसकेकी छिन् भने विवाह हिन्दु रितिरिवाज अनुसार हुने पनि निश्चित भैसकेको छ । पद्यमावत चलचित्र प्रदर्शन हुनु अगाडि नै दिपिका र रणबीरको अविभावक एक–अर्कासग भेटघाट गरेर गिफ्ट पनि साटासाट गरिसकेका छन् ।

जसमा दिपिकालाई रणबीरकी आमाले गहना र डिजाइनर साडि पनि गिफ्ट गरेकी छिन् । कुनै पनि अन्तर्वार्तामा दिपिका र रणविर एक–अर्काको प्रसंशा नगरि बस्न सक्दैनन् ।,