रानीले खोलिन आदित्यसँग बिहे गर्नुको रहस्य

alt
  • चैत्र २१, २०७४
  • ब्लाष्ट खबर

अभिनेत्री रानी मुखर्जीले निर्माता आदित्य चोपडासँग बिहे गर्नुका खास कारण खुलासा गरेकी छिन् । उनले हालै दिएको एउटा अन्तर्वार्तामा आदित्यले आफूलाई अति माया र सम्मान दिने भएकाले उनीप्रति नतमस्तक भएको बताएकी हुन् ।

‘बलिउडमा प्रेम चाहिँ पाइन्छ,’ रानीले भनेकी छिन्, ‘माया पाइए पनि ‘रेस्पेक्ट’ भने कमै मिल्छ । तर, त्यसमा आदित्य निकै फरक छन् ।’ रानीले आदित्यले आफूलाई मायाका साथै सम्मान पनि उत्तिकै मात्रामा दिएको दाबी गरेकी छिन् । ‘आदित्य माया र सम्मान दिने मामलामा निकै अघि छन् । उनी पर्फेक्ट हस्बेन्ड हुन् ।’

रानी र आदित्यले चार वर्षअघि अर्थात् सन् २०१४ को अप्रिलमा बिहे गरेका थिए । रानी अभिनीत हिच्की फिल्म हाल प्रदर्शनरत छ । कम बजेटको फिल्मले अहिलेसम्म भारतीय बजारमा ३८ करोड भारुको व्यापार गरिरहेको छ । फिल्मबाट रानीले तारिफ पाइरहेकी छिन् । यसअघि, चार वर्षअघि उनी अभिनीत मर्दानी दर्शकमाझ आएको थियो ।

उपमहानगरमा रहेको सबै ...

धरान / धरान उपमहानगरपालिकामा भएको सबै खाले बेरुजु ...

पेस्तोलसहित विप्लवका ...

विराटनगर / नेकपा विप्लव समुहका पूर्वी कमाण्डरको सैन्य ई ...

भारतीय हस्तक्षेपका क ...

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्त ...

सातौं नगरसभामा ६ वटा ...

धरान । धरान उपमहानगरपालिकाको सातौं नगरसभामा ६ वटा विषयग ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved