मुम्बई/ आँखा झिम्याउने कलाले चर्चामा आएकी प्रिया प्रकाशले फेरि अर्को फन्डा सार्वजनिक गरेकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक उनको नयाँ भिडियो क्लिपमा उनले मोबाइल हेर्दै आफ्ना परेलालाई आकर्षक ढंगले चलायमान बनाएकी छिन् । 

भिडियो क्लिप्समा उनीसँगै डेब्यू फिल्म ‘ओरु अदार अब’ का उनको नायक रोशन अब्दुल समेत देखिएका छन् । जतिजति उनको फिल्मको रिजिल मिति नजिकिँदै गरेको छ यतिनै उनी सामाजिक सञ्जालमा सक्रिय रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्म चलाउनको लागि मानिसहरुलाई इम्प्रेस पार्ने उनको यो फर्मुला भएको बताइएको छ । उनको भिडियो क्लिप्स फिल्म प्रोमोशनको समयमै रेकर्ड गरिएको ठानिएको छ ।

समाचारअनुसार उनको डेब्यू फिल्म हिन्दी, तमिल र तेलेगु भाषामा रिलिज हुनेछ ।