एसिया

    Showing ७१-८० of ४४४ items.
  • मेयर सुब्बा द्धारा हाेलीको शुभकामना

    धरान/रङगहरूको पर्व हाेली (फागु पुर्णिमा)काे अवसरमा धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले शुभकामना सन्देश दिएका छन् । हाेलाेकाे पुर्व सन्ध्यामा बुधबार शुभकामना सन्देश जारी गर्दै मेयर तारा सुब्बाले महान पर्व् हाेलीकाे अवसरमा नेपालीहरूमा सुख,शान्ति,संबृद्धी , आपसी सद्भाब र भाइचार कायम रहोस् भनि शुभकामना ब्यक्त गरेका हुन् । सद्रभावकाे पर्व हाेलीकाे उमङग सँगै ‘ बहुसांस्कृतीक, बहु धार्मिक र बहुजातीय शहर धरानको बिकासमा सबै एकबद्ध भएर लाग्ने थप प्रेरणा मिल्ने छ भनि विश्वास ब्यक्त गरेकाे छु’ मेयर सुब्बाद्धारा जारी सन्देशमा भनिएको छ ।

    • प्रकाशित मितिः फाल्गुन १७, २०७४
    • १६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फागुको बेग्लै चलनः जहाँ काठको लिङ्ग बोकेर टोल र मन्दिर घुमाइन्छ

    रासस/ “भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्युवाने म्वायक सो झायला” (भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि) दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा आज बिहान यो गीत गुञ्जिरहँदा भीमसेनको लिङ्ग दर्शन गर्न आउनेको उत्तिकै भीड लागेको थियो । फागु पूर्णिमासम्म हरेक दिन बिहान यसैगरी यो नेवारी भाकाको गीत गुञ्जिने गर्छ । फागुपूर्णिमाका अवसरमा तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा बसेर भीमसेन गुठीका गायजुहरुले यही गीत गाएर फागुपूर्णेको स्वागत र बिदाइ गर्छन् । पूर्णिमासम्म चल्ने फागु पर्व हेर्न र संगीतमा रमाउन स्थानीयवासीले सधैँ जम्मा भएर यसरी

    • प्रकाशित मितिः फाल्गुन १२, २०७४
    • १८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मलाई खल्बलायर कहाँ गयो त्यो हेन्डसम ?

    चैत लागेपनि जाडो हटेको थिएन् । बिहानको समय चिया पसलमा चियाको चुस्किसँगै जाडोलाई भगाउने कोसिस गर्दै थिए । भर्खर झुल्किदै गरेको घामले त्यो गोरो वर्णलाई चम्काएको थियो । उसको साथमै बसेको अर्काे मुहारमा पनि गोरो बनाउने अवियान घामले चलाईरहेको थियो । अन्यको मुहारमा पनि आफ्नै हिसाबले झुल्किदै गरेको घामले वर्ण अनुसार चमक दिदँै थियो । चिया ल्याउँदै थिए सानो भाईले । आफ्नो कपको चिया सकिए पनि फेरी अर्काे कप थप्ने अनुमति दिदँै थियो जाडोले । अर्को कप चिया अर्डर गरे । मेरो आँखा अगाडि रहेको उसको टेबलमा चिया आईसकेको थियो । चियासँगै हातका ३ औलाको साहारामा अडकिएको चुरोटमा गएर मेरो नजर ठोकियो । चियासँगै चुरोट लिन

    • प्रकाशित मितिः फाल्गुन ५, २०७४
    • २३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बराहमा तामाङ घेदुङद्धारा ल्होसार मनाइयो

    चक्रघट्टि । सुनसरीको बराह नगरपालिकामा रहेको नेपाल तामाङ घेदुङ बराह नगर कमिटिको आयोजनामा सोनाम ल्होसार २८५४ को अवसरमा बुद्ध चोकमा रहेको तामाङ घेदुङको खेल मैदानमा सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ ।नेपाल तामाङ घेदुङ बराह नगर अध्यक्ष कुल बहादुर तामाङको सभाध्यक्ष तथा जनजाति महासंघ महेन्द्रनगरका अध्यक्ष चित्र राइको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न गरिएको हो । कार्यक्रममा होरे होरे माया, नाचौन आज डम्फुको तालैमा, डुम्मा र डम्फु बजाउदै लगायतका गितमा नृत्यहरु प्रदर्शन गरीएको थियो । बराह नगरपालिका भरी रहेका तामाङ जातिहरुको भव्य उपस्थित रहेको थियो । उक्त कार्यक्रममा किरात राई यायोख्खा बरा

    • प्रकाशित मितिः फाल्गुन ४, २०७४
    • १७० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानका मेयरले दिए ग्याल्बो ल्होसारको शुभकामना

    धरान/धरान उप–महानगरपालीकाका मेयर तारा सुब्बाले बौद्ध धर्मावलम्बिहरुको महान पर्व ग्याल्बो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गरेका छन । ‘बहुजाती,बहुधार्मिक तथा बहुसांस्कृतीक शहर धरान लगाएत देश तथा विदेशका विभिन्न ठाउमा बसोबास गर्नुहुने बौद्ध धर्मावलम्बि तथा समस्त नेपालीहरुमा यस पर्वको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु’मेयर सुब्बाद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ । सुभकामना सन्देशमा विगतबाट कायम हुदै आएको सामाजिक एकता,आपसी सहयोग,धार्मिक सहिष्णुता अझ बलियो हुदै धरानको विकास र संबृद्धीमा लाग्ने प्रेरणा मिल्ने विश्वासपनि मेयर सुब्बाले ब्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः फाल्गुन ४, २०७४
    • १५४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भालुमी राईको वंश भेला कमलमा !

    शनिश्चरे, मोरङ । किरात राई भालुमी साम्पाङको २५ औं केन्द्रीय वंश भेला तथा सम्मान कार्यक्रम झापाको कमल गाउँपालिकामा सम्पन्न भएको छ । २ दिनसम्म सञ्चालित भेलाले वंशावलीको दोस्रो संस्करण निकाल्ने, अक्षयकोष खडा गर्ने, ४ जिल्लामा जिल्ला शाखा निर्माण गर्ने लयायतका वंश उत्थानका निर्णयहरु भएको केन्द्रीय सदस्य पाँचथरका गणेश साम्पाङले जनाए । आइतबार सम्पन्न कार्यक्रममा, संस्थाका केन्द्रीय अध्यक्ष मनोज साम्पाङ राई, भालुमी वंशमा पहिलो विद्यावारिधि गर्ने भोजपुरका डाक्टर भक्त साम्पाङ राई, झापा दमक १ का मानवहादुर देवानलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ । त्यस्तै, पाँचथर मिक्लाजोङका भगवानसिंह राईलाई

    • प्रकाशित मितिः माघ २२, २०७४
    • २९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ...र परपुरुषहरुसँग फेसबुकमा जिस्किने गर्छु

    पहिलो पटक जब फेसबुकमा उसको म्यासेज आयो म झस्किएँ । मुटुको गति थामिए जस्तै भयो । श्रीमान घरमा हुनुन्थेनन् । फेरी पनि मैले कुनै गलत गर्दैछु झैं लाग्यो । अनलाईनमा आएको एउटा म्यासेजलाई हेर्न पनि मैले यता–उता हेरेँ, कसैले देखेको पो छ कि ? आफैमाथि हाँसे अनि सोचे घरमा कोही पनि छैन् त कोसँग डराएको होला । उसले म्यासेजमा– ‘हाय म तीमीसँग मित्रता गाँस्न चाहन्छु’ भनेर लेखेको थियो । म्यासेज पढेर मुहारमा मन्द मुस्कान आयो । तर, आफैलाई होईन जस्तो गरी सम्माहले । ‘एउटा नचिनेको मान्छेको अनलाईनमा म्यासेज आउँदा मैले चाँसो किन राख्नेँ ?’ श्रीमानको कुरा मनमा आउने बित्तिकै मनमा कस्तो घोँचे जस्तै भयो । त्यो उनको चिसो

    • प्रकाशित मितिः माघ २२, २०७४
    • २११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तामाङ घेदुङको चौबिसे गाउँपालिकामा प्रथम अधिवेशन सम्पन्न

    धनकुटा/ नेपाल तामाङ घेदुङ चौबिसे गाउँपालिकाको प्रथम गाउँ अधिवेशन मंगलवार चौविसेको मौनावुधुक वजारमा सम्पन्न भएको छ । प्रथम गाउँपालिका अधिवेशनको प्रमुख अतिथि चौबिसे गाउँपालिकाको प्रमुख खजिन्द्र राई र विशेष अतिथि जिल्ला घेदुङका अध्यक्ष सिताराम तामाङले नाङ्गसाल (पानस) मा संयुक्त रुपमा वत्ति वालेर समुद्धघाटन गरेका थिए । [caption id="attachment_71568" align="aligncenter" width="829"] अधिवेशन सम्पन्न भए पछि सामुहिक तस्विर लिर्दै घेदुङका पदाधिकारीहरु ।[/caption] सो अवसरमा कार्यक्रम समुद्धघाटन समारोहका प्रमुख अतिथि खजिन्द्र राईले चौविसे गाउँपालिकाका विभिन्न वडामा वसोवास गर्ने सम्पुर्ण तामाङ समुद

    • प्रकाशित मितिः माघ १७, २०७४
    • २१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज स्वस्थानी व्रत समापन

    काठमाडौं/ पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको स्वस्थानी व्रतको आज विधिवत् समापन गरिएको छ। यसपटक चन्द्र ग्रहण परेकाले बिहानै व्रत समापन गर्नुपरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। बुधबार व्रत समापन नगर्ने व्रतालुले भने फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म श्रीस्वस्थानी माताको व्रत समापत गर्न सक्ने समितिले जनाएको छ। व्रत समाप्तिका दिन स्वस्थानीको पूजा गरी एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्री चढाउने र रातभर जाग्राम बस्ने चलन छ। व्रत अवधिभर पुशपति, गौरीघाट,गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएको स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्

    • प्रकाशित मितिः माघ १७, २०७४
    • १७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज स्वस्थानी व्रतको साङ्गे

    काठमाडौं । स्वस्थानी व्रत कथाको आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेकाे व्रतकाे अाज विधिवतरूपमा समापन हुन लागेकाे हाे । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ । स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पू

    • प्रकाशित मितिः माघ १७, २०७४
    • २२६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved