विर्तामोड/ पूर्वी नेपालमा बसोबास गर्न आदिवासी समुदायले नयाँ वर्षको अवसरमा सिरुवा पर्व धुमधामका साथ मनाइरहेका छन् ।

राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समूदायले वैशाख १, २ र ३ गते पानी, हिलो र रंग छ्यापछ्याप गरेर सिरुवा सालिन्ने मनाउँछन् ।

के केटाकेटी, के युवा, के वयस्क, के बृद्धबृद्धा, सबै पानीले हिलाम्मे भएका छन् । सिरुवाको दोस्रो दिन कादो अर्थात हिलो सिरुवा उनीहरुले भोलि मनाउँदैछन्।

आदिवासी समूदायका बाजागाजा सहित नयाँ सालको आगमनसँगै पूर्वी नेपालका आदिवासी समुदायका मानिसहरुले सिरुवा पर्व धुमधामका साथ मनाइरहेका छन् ।

झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिबासी समुदायले मनाउने सिरुवामा पानी, हिलो र रंग छ्यापाछ्याप गर्ने परम्परा रहेको छ ।

राजवंशी भन्छन्, ‘अब गर्मीको मौसम आएका कारण पानीले शीतलता प्रदान गर्ने विश्वास छ । हामी प्रकृतिका उपज हौं त्यसैले माटोसँग हाम्रो नाता गाँसिएको छ भनेर दोस्रो दिन हिलोसँग खेल्ने प्रचलन छ । र अन्तिम दिन रंग दलेर रमाउने प्रचलनका साथ सिरुवा मनाउने चलन छ ।’

सिरुवा पर्वकै अवसर पारेर युवा युवतीको बिहेको साईत समेत जुराइन्छ ।