धनकुटा कविर पन्थधर्म तथा साहित्य परिषद् नेपालको आयोजनामा दुई दिवसीय बृहतअन्त्तर धार्मिक महासम्मेलन एवं धार्मिक प्रवचनकार्यक्रम वुधवारबाट शहिदभुमीगाउँपालिकाको छिन्तांगमा शुरु भएको छ । धर्मले व्यक्तितथा समाजलाई सत मार्ग र सदाचारतर्फ उन्मुख गराउदछ तसर्थ सबै धर्महरुको सार एउटै हो भन्ने विषयलाई सवैजनामा सचेतना जगाउने उद्धेश्यले उक्त महासम्मेलन गरिएको कविर पन्थधर्म तथा साहित्य परिषद् नेपालका महासचिव नेपोलियन राईले बताएका छन् । महासम्मेलनका प्रमुखअतिथिको १ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राई रहेका थिए।महासम्मेलनलाई सम्वोधनगर्दै मुख्यमन्त्रि राईले भने अहिले देश विकास र समृद्धिको बाटोमा हिडिरहेकोे अवस्थामा विभिन्न धर्ममा आवद्ध भएकाहरुले आ–आफ्नो कला संस्कृति र साहित्यको जगेर्ना गर्न समयको माग रहेको बताए ।मुख्यमन्त्री राईले सवै जातिको भाषा, संस्कार, संस्कृति र धर्मको रक्षागर्नु प्रदेस सरकार तयार रहेको भन्दै आस्वस्तपारेका छन् । राज्यले कुनै धर्मलाई काख, कुनै धर्मलाई पाखा नगर्ने पनि मुख्यमन्त्री राईले स्पष्ट पारेका छन् । यसरी सवै धर्मका धर्मगुरुहरुको भेला गरेर संस्कृति चेतना र सद्भाव बाड्न कविर पन्थधर्म तथा साहित्य परिषद् सफल भएकोमा मुख्यमन्त्रि राईले शुभकामना समेत दिए ।विकास र समृद्धिको लागि प्रदेस सरकार सवै पक्षसँग सहकार्य गरेर अघि वढ्ने मुख्यमन्त्रि राईले बताए । विहिवार सम्म चल्ने महासम्मेलनमा कार्यपत्र प्रस्तुत,धर्मगुरुहरुबाट प्रवचन,धर्मगुरुहरुलाई सम्मानगर्ने कार्यत्ररम रहेको छ ।महासम्मेलनमा राष्ट्रिय अन्त्तराष्ट्रियका गरी ६ सय ५० भन्दा वढी धार्मिक अनुयायी तथा विभिन्न धर्मका धर्मगुरु एवं ती संस्थामा सम्वद्ध अध्यक्षहरुको सहभागिता रहेको छ ।