भद्रपुर । आदिवासी समुदायले नयाँ वर्षको अवसरमा सिरुवा पर्वको दोस्रो दिन कादो (हिलो) छ्यापाछ्याप गरेर मनाएका छन् । झापाको भद्रपुर १० मा रहेको चैतु मन्दीर युवा क्लबको आयोजनामा आइतबार धुमधामका साथ हिलो खेलेर पर्व मनाएका हुन् । केटाकेटी, युवा, वयस्क, बृद्धबृद्धा, सबै हिलाम्मे भएर रमाइलो गरेका थिए् । उनिहरुले आपसमा हिलो छ्यापेर दिनभर पर्व मनाएका थिए । नयाँ वर्षको आगमनसगै मनाइने यो पर्वले हावा हुरीको रोकथाम हुने ,शरिर नदुख्ने,चर्मरोग नलाग्ने,परिवारमा सुखशान्ति मिल्ने विश्वास लिएर वर्षेनी पर्व मनाउदै आएको क्लबका उपाध्यक्ष हिरन राजवंशीले बताए । छरछिमेकी एकै ठाउँमा जम्मा भएर एकसय जनाले १ गते पानी र २ गते हिलो खेलेर पर्व मनाएको उपाध्यक्ष राजवंशीले जनाए । क्लबले चैतु मन्दीर,कमल सिं चोक,केन्द्रमोड,देवनिया लगायतका स्थानमा गएर हिलो खेलेको बताए । अन्तीम दिन रंग खेलेर समापन गरिने उनले बताए । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समूदायले वैशाख १, २ र ३ गते पानी, हिलो र रंग छ्यापछ्याप गरेर सिरुवा मनाउदै आएका छन् । गर्मीको मौसम आएका कारण पानीले शीतलता प्रदान गर्ने गर्ने,माटोसँग हाम्रो नाता गाँसिएकोले हिलोसँग र अन्तिम दिन रंग दलेर पर्व मनाउने चलन रहेको उनिहरु बताउँछन् । तिस्ता बुढी(हनुमान)को मुर्तिलाइ पुजा गरेर सुरु गरिएको पर्वलाई तेस्रो दिन नदी तथा तलाउमा लगेर विर्सजन गरि प्रसाद वितरण गरेर यो वर्षको पर्व समापन गरिने उनिहरुले जनाएका छन् ।