Trending Tags

banner

    Showing १५१-१६० of १७९ items.
  • बोरा उत्पादन गदैं जुटमिल्स(भिडियो)

    विराटनगर  /  विराटनगर जुटमिल्सले जुटको ‘सुतली’ पछि बोरा उत्पादन गर्न सुरु गरेको छ । जुटमिल्स सञ्चालनमा आए पछि सुतली उत्पादन गरेर निर्यात गरेकोमा अहिले जुटको बोरा उत्पादन गर्न सुरु गरेको विराटनगर जुट मिल्सका अध्यक्ष बसन्त वनले जानकारी दिए । सुतली प्याकिङ्ग गर्न एक सय केजीको बोरा उत्पादन गरेको जुटमिल्सका गुणस्तर नियन्त्रक सुचेन्द्र झाले जानकारी दिए । अहिले दुई प्रकारको बोराहरू उत्पादन गर्न सुरु गरेको जुटमिल्सले जनाएको छ । १ सय केजी तौल र ५० केजी तौल क्षमताको बोरा उत्पादन गर्न सुरु गरेको हो ।बोरा उत्पादन गर्न अहिले २ वटा मेसिन चलिरहेको भए पनि विस्तारै सबै मेसिन संचालनमा आउने

    • प्रकाशित मितिः मंसिर ८, २०७५
    • ६७४ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • डिपोट मावि परिसरमा फन पार्क र विपी प्रतिष्ठानको भविष्य

    गुणस्तरीय स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा प्रदायकको रुपमा एक मौलिकता स्थापित गर्न सफल नेपालकै प्रतिष्ठित स्वास्थ्य शिक्षण संस्था वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाञ्चल कै गौरव बनेको छ । यसले मृत शहर धरानलाई पुनरर्जीवन दिएको धेरैको बुझाई छ । स्वास्थ्य सेवा वितरणका साथ साथै पृथक तथा गुणस्तरीय स्वास्थ्यकर्मी उत्पादनमा यस संस्थाले विगतको २४ वर्ष विभिन्न आरोह र अवरोहको बाटो तय गरेको छ तर पनि स्वास्थ्य सेवा प्रदान र गुणस्तरीय स्वास्थ्यकर्मी तथा चिकित्सक उत्पादनमा आफ्नो उत्कृष्टता यथावत राख्न सफल मानिएकै छ । प्रतिष्ठान स्वास्थ्य शिक्षा प्रदायकको हकमा एक पृथकरुपमा स्थापित संस्था हो र

    • प्रकाशित मितिः मंसिर ८, २०७५
    • १,८०४ पटक पढिएको
    • डा. मुकेशकुमार साह
  • प्रदेशसभा उम्मेदवारको गोली हानी हत्या 

     कपिलवस्तु /  गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका उनको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पु¥याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिए ।  गोली प्रहार भएक

    • प्रकाशित मितिः मंसिर ८, २०७५
    • १,०५९ पटक पढिएको
    • रासस
  • ‘कालोपाटीले धुलोमैलो हुन्थ्यौं’

    ६–७ वर्षको हुनुपर्छ त्यो बेलामा म मावलीमै बस्थे । धरान–३ गउँधारा अगाडि मामा श्रीकृष्णमान श्रेष्ठ पलिखेको घर थियो । उमेरले मभन्दा मामा ४–५ वर्ष जेठो हुनुहुन्थ्यो । मेरो गाइड भने पनि अग्रज भने पनि उहाँ नै हो । अहिले जहाँ वडा प्रहरी कार्यालय छ । त्यहीँ एउटा पाठशाला थियो । त्यही पाठशालामा म, मामा, मामाका साथीहरू र मेरा साथीहरू पढ्न जान्थ्यौं । त्यो बेला अहिलेको जस्तो कपीकलम थिएन । कालोपाटी हुन्थ्यो । त्यसैलाई रङ्ग्याएर हामी पाठशाला पुग्थ्यौं । कालो पाटीमा लेख्न चक हुन्थ्यो । त्यसले गर्दा हरेक दिन हाम्रो लुगा चक र पाटीको रङ्गका कारण धुलोमैलो र रङ्ग पोतिएको हुन्थ्यो । दिनहु लुगा धु

    • प्रकाशित मितिः मंसिर ८, २०७५
    • ५८० पटक पढिएको
    • भोजराज श्रेष्ठ
  • निवृत्तिभरणसहितको सामाजिक सुरक्षा कार्यक्रम लागू गरिँदै

    काठमाडौँ / आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सरकारले निवृत्तिभरणसहितको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने घोषणा गरेको छ । नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम यही मङ्सिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभर लागू भएको घोषणा गर्ने छन् । यो कार्यक्रममा समावेश हुनेले औषधि उपचार, स्वास्थ्य तथा मात

    • प्रकाशित मितिः मंसिर ८, २०७५
    • ५५७ पटक पढिएको
    • रासस
  • यसरी भित्रन्छ अवैध हतियार नेपालमाः एक सातामा पाँच पक्राउ

    विराटनगर/ भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका २ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन । प्रहरीले उदयपुर घर भएका मन्दिप तामाङ्ग र सुनसरीको खनारका सुशिल साहलाई पक्राउ गरेको हो । प्रहरीले मन्दिपको साथबाट ‘मेडिइन युएसऐ’ नाम लेखेको पेस्तोल र त्यसमा लाग्ने केही गोलीसमेत बरामद गरेको छ । उनलाई पक्राउ गरेपछि अवैध रुपमा भारतबाट नेपाल पेस्तोल भित्रयाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले मन्दिपलाई पक्राउ गरेपछि सुशिललाई पक्

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ९०६ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • सिरहामा भूतमेला:तन्त्रमन्त्र गर्ने धामी झाँक्रीहरुको घुइचो(भिडियाेसहित)

    सिरहा / सिरहामा बिहानैदेखि उत्तवाहनी नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए । सिरहा र धनुषा जिल्ला सिमानामा अवस्थित उत्तवाहनी र कमला नदीमा धामीझाँक्री र भूतप्रेतबाट पीडितहरुको घुइँचो लागेको छ । उनीहरुले नै भय उत्पन्न हुने गरी कर्कश स्वरमा चिच्याउँदै थिए । सिरहा र धनुषाकेो सिमाना भएर वग्ने कमला नदीमा सूर्योदयसँगै दशौ हजार नव धामीझाँक्रीहरुपवित्र जलमा डुबुल्की लगाए । करिब ३५ हजारभन्दा बढी स्त्री पुरुष पाँच किलोमिटरको दुवैतिरको नदीका किनारमा भगता (देउता खेल्न) खेलिरहेका थिए भने प्रत्येक भगतासँग रहे

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ८६९ पटक पढिएको
    • गणेशकुमार ठाकुर
  • मन्दिरहरुको शहर धरान(भिडियो रिर्पोट)

    धरान /  धरान मन्दिरै मन्दिर भएको सहर हो । धार्मिक आस्थाको केन्द्र धरानमा भएका आकर्षक मन्दिरहरु संरक्षणको अभावमा ओझेलमा परेका छन् ।धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । यसमध्ये पनि बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर र पञ्चकन्या मन्दिरबाहेक अन्य स–साना मन्दिर पनि धरानमा छन् भन्ने कुरा धरानेहरुलाईसमेत थाहा छैन । पुरानो धार्मिक महत्व बोकेको विजयपुरवासीका नयाँ पुस्तालाई मन्दिरको विषयमा कुनै जानकारी नै छैन भने पुराना पुस्ताहरुले भने संरक्षणको अभावकै कारण नाम कहलिएका तीन मन्दिरबाहेक अन्य मन्दिर सम्बन्ध

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • १,६२५ पटक पढिएको
    • गोविन्द बस्नेत
  • विदेश पठाउने भन्दै करिब २ कराेड ठगी धन्दा

    मधुमल्ला/ वैदेशिक रोजगारीमा आर्कषक पारिश्रमिक सहित टर्की पठाउँछु भन्द्रै झापा, मोरङ, इलाम, सुनसरी, उदयपुरका ६० युवा ठगीएका छन् । सुनसरी मधुमवनका राजन गुरुङ र इलाम नयाँबजारका रणबहादुर गुरुङले आफुले टर्की पाठउने र टर्कीमा अर्कषक तलब पाइने आस्वसन देखाउँदै ती युवाहरुसँग जनही दुई लाख ५० हाजार देखी ३ लाख सम्म रकम लिएको पिडत मध्येका मोरङ मधुमल्लाका कमल मिश्रले बताए । यसरी ठगीमा पर्नेहरुमा खेम बस्नेत, नगेन्द्र कुमार कुँवर, रोहन साहा, दिपेन राई,मोरङ मधुमल्लाका, रमेश कार्की पाँचथर, हरी पुढाथोकी उदयपुर, याम दाहाल, चन्द्र दाहाल इलाम लगायतका ६० बढी युवा ठगिमा परेको इलामका चन्द्र दाहालले बताए । विदेश लै

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ७६८ पटक पढिएको
    • केशब खड्का
  • डडेल्धुरा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो

    अमरगढी / डोटी जाँदै गरेको स्कूल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । डा। केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो । १५ जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकेडेमीको बस दुर्घटनामा परेको बुझिएको छ । बिहीवार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ। मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको बुभिएको छ । बसमा करिब ३० जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । बस सडकबाट

    • प्रकाशित मितिः मंसिर ६, २०७५
    • ५२६ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved