सिरहा / सिरहामा बिहानैदेखि उत्तवाहनी नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए ।
सिरहा र धनुषा जिल्ला सिमानामा अवस्थित उत्तवाहनी र कमला नदीमा धामीझाँक्री र भूतप्रेतबाट पीडितहरुको घुइँचो लागेको छ । उनीहरुले नै भय उत्पन्न हुने गरी कर्कश स्वरमा चिच्याउँदै थिए । सिरहा र धनुषाकेो सिमाना भएर वग्ने कमला नदीमा सूर्योदयसँगै दशौ हजार नव धामीझाँक्रीहरुपवित्र जलमा डुबुल्की लगाए । करिब ३५ हजारभन्दा बढी स्त्री पुरुष पाँच किलोमिटरको दुवैतिरको नदीका किनारमा भगता (देउता खेल्न) खेलिरहेका थिए भने प्रत्येक भगतासँग रहेका ११ देखि २१ जनाको समूह भगतै (भगतालाई प्रश्न गर्ने गीत) गाउनमा व्यस्त रहेको थियो ।

आफनो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री कमला नदीमा स्नानका लागि आएका हुन् ।
कात्तिक पूर्णिमाका दिन कमला गंगालगायतका पवित्र नदीमा नयाँ भगता जसको जीउमाथि प्रथमपटक देवताको गात स्थायी हुने र भगताको गुण तन्त्रशक्ति चल्ने विश्वास धामी झाँक्रीको छ । तन्त्रशास्त्र अनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ ।
टुनामुना सिकेर धामीझाँक्री र बोक्साबोक्सी बन्नेहरु सिद्धि प्राप्त गर्न कमला नदीमा स्नान गर्ने गर्छन । विजया दशमीको आगमनसँगै धामीझाँक्री सक्रिय हुन्छन् । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सवोत्तम मानिन्छ । देवीदेवताको गात स्थायी होस् भनेर आ आफनो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन ।

bhutmela

आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सवोत्तम मानिन्छ । यस अवधिमा सिकारु धामीहरु आ–आफना गुरुसँग मन्त्र सिक्छन कालीपूजा अर्थात अमावस्यको राति सिद्धि गर्छन् ।
देवीदेवताको वास स्थायी होस् भनेर आ–आफनो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन । पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य रहेको स्थानीयल ेबताए ।
पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य थिए । प्रसादहरु रुपमा कमला नदीको बालुवा, ढुंगा, फूल जे पाए त्यही लिएर श्रद्धालुहरु प्रशन्न हुँदै फर्किन्छन् । महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा, सुनसरी, मोरङ र भारतको दर्जनौ गाउँबाट लावालस्करका साथ काम्दै उफ्रदै घण्टौघण्टाको बाटो पैदल गई स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा भने साह्रै रमाएका थिए ।