विराटनगर/ भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका २ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन ।
प्रहरीले उदयपुर घर भएका मन्दिप तामाङ्ग र सुनसरीको खनारका सुशिल साहलाई पक्राउ गरेको हो । प्रहरीले मन्दिपको साथबाट ‘मेडिइन युएसऐ’ नाम लेखेको पेस्तोल र त्यसमा लाग्ने केही गोलीसमेत बरामद गरेको छ । उनलाई पक्राउ गरेपछि अवैध रुपमा भारतबाट नेपाल पेस्तोल भित्रयाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले मन्दिपलाई पक्राउ गरेपछि सुशिललाई पक्राउ गरेको हो । योसँगै प्रहरीले एक साताको बिचमा सुनसरी र मोरङबाट मात्र भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने पाँच गिरोहलाई पक्राउ गरेका छ ।

‘मन्दिपले भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने गरेकोे देखियो,’ अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘नेपालमा ल्याएपछि शुसिललाई दिने र त्यसपछि मुख्य मान्छेले भनेको ठाउँमा पु¥याउने गरेको देखियो ।’ पक्राउ परेका अभियुक्तहरूले पेस्तोल पु¥याए वापत निश्चित रकम लिने गरेको बयानको क्रममा प्रहरीलाई भनेका छन् । अनुसन्धानको क्रममा रहेकोले उनीहरूले कहाँ पेस्तोल पु¥याएर कस्तो धन्दा चलाउने गर्थे त्यो भने खुलेको छैन । प्रहरीले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङमा म्यात थप गरि थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।
खुल्ला सिमाको कारणले गर्दा सहज रुपमा भारतबाट अवैध रुपमा हतियार भित्रयाए नेपाल अपराधिक गतिविधि गर्ने गरेका छन् । प्रहरीले यस अघि पनि अवैध रुपमा नेपाल भित्रयाउँदै गरेको हतियार पक्राउ गरेका छ । प्रहरीले एक साता अघि सुनसरीको दुई छुट्टा–छुट्टै स्थानबाट पेस्तोलसहित ३ जना पक्राउ गरेको थियो ।

शसस्त्र प्रहरी बल बिओपि भाण्टावारी र सिमा प्रहरी चौकी भाण्टावारीबाट संयुक्त रुपमा चेकिङमा खटिएको टोलीले १ थान स्वचालित पेस्तोलसहित भिमनगर–४ सुपोल बिहारका रंजित कुमार मुखियालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी चारकुने दश गजा छेउमा बिआर ५० एफ ३२०६ नम्बरको मोटरसाइकलमा सवार मुखियाको शरीर खानतलासी गर्ने क्रममा १ थान सानो चाईनिज पेस्तोल र १ थान खाली म्याग्जिन फेला परेको थियो । त्यस्तै बिओपी श्रीपुरबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले सुनसरीको कोशी गाउँपालिका–६ ढट्टा टोलमा पनि १ थान स्वचालित पेस्तोलसहित २ जना पक्राउ ग¥यो । भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको साईन मोटरसाईकल चेकजाँच गर्ने क्रममा चालक भारत सुपौल भवानिपुरका विवेक यादव र भारत सितापुर ८ का सुरेशकुमार गोहितको साथबाट कटुवा पेस्तोल फेला परेको हो ।