धरान-६ स्थित सरस्वती माध्यमिक विद्यालय पानबारीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

मङ्गलबार सम्पन्न प्रतियोगितामा कक्षा १२ की समिता राई प्रथम, सजिना गुरुङ द्वितीय, कक्षा ११ की सृष्टि मगर तृतीय तथा सुनिता कार्की सान्त्वना भएकी छन्। 

प्रतियोगिताका निर्णायकमा विद्यालयका शिक्षक दिपक सुवेदी र कुमार धमाला रहेका थिए। बक्तृत्वकलाको शीर्षक 'राष्ट्र निर्माणमा युवाको भूमिका' रहेको थियो। विद्यालयका शिक्षक चन्द्र काफ्लेले अतिरिक्त क्रियाकलापले विद्यार्थीको नेतृत्व क्षमता अभिवृद्धि गर्ने बताउँदै सम्पूर्ण विद्यार्थीले सक्रिय सहभागिता जनाउनुपर्ने धारणा व्यक्त गरे।  विद्यालयका प्रधानाध्यापक होमनाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक गङ्गा धमाला, शिक्षक मानबहादुर पौडेललगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत ११ जना विद्यार्थीहरूको सहभागिता रहेको शिक्षक राजन वनले जानकारी दिए।