राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार परीक्षा २०८३ वैशाख १४ गतेदेखि सञ्चालन हुनेछ। परीक्षा २४ गते सकिनेछ।
बोर्डले साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित र आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको हो। यस परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ र ८२ भएका नियमित तथा आंशिक परीक्षार्थीहरू सहभागी हुनेछन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको समयतालिकाअनुसार परीक्षा तोकिएको मिति र समयमा नै सञ्चालन हुने जनाउँदै सम्बन्धित सबै विद्यार्थी, अभिभावक तथा विद्यालयलाई जानकारी गराएको छ।
































