सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश श्रेष्ठले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

मंगलबार सार्वजनिक प्रतिबद्धतामा 'नेपाली पत्रकारितालाई मर्यादित र सम्मानित तुल्याउने' उल्लेख छ । साथै पत्रकारहरूको पेशागत दक्षताको अभिवृद्धि, पत्रकारहरूको सुरक्षा, स्वास्थ्य उपचार सेवा, आर्थिक सुदृढीकरण, हक हितका लागि नीति निर्माण र कार्यान्वयन गराउन जोड दिइने उल्लेख छ । नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन र राष्ट्रियताको संवर्धन गर्नका लागि पत्रकार प्रज्ञा प्रतिष्ठान गठन गराउन जोड दिइने उल्लेख गरेका छन् ।