श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ५ गते मङ्गलबार, १७ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर। फाल्गुण कृष्णपक्षको औंसी तिथि ०५ः४६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र धनिष्ठा ०९ः२८ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः३९ बजे र सूर्यास्त ०५ः५६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पेसा–व्यवसायमा प्रशस्त फाइदा हुनेछ। काममा अभिभावकको सहयोग प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई समेत प्रभावित पारेर काम बनाउने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका काममा महŒवपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका हिसाबले पनि दिन कमजोर रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। दौडधुप गर्नुपरे पनि मिहिनेतको फल भने प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट र अतिथिको रूपमा सत्कार पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।
































