गुरुङ भाषा तथा संस्कृतिमा आधारित चलचित्र ‘कर्म–क्याँ’ (कर्मको बाटो) हङकङमा प्रदर्शन गरिएको छ । 

तमु फिल्म प्रालिको ब्यानरमा निर्मित फिल्म आईतबार हङकङको याउमा तई कम्युनिटी हलमा प्रदर्शन गरिएको हो । नेपाल आदिवासी जनजाती मातृभाषी चलचित्र प्रबद्र्धन समितिद्वारा २०७४ सालमा प्रोत्साहन सम्मान पाएको यो फिल्मले गुरुङ समुदायको सांस्कृतिक कथा प्रस्तुत गरेको बताइएको छ । 

फिल्ममा गजेन्द्र गुरुङ, रिया गुरुङ, विष्णु गुरुङ लगायतले अभिनय गरेका छन् । आईतबार फिल्मका कलाकारहरुलाई सम्मान समेत गरिएको छ । 

hk

फिल्मको कथा, पटकथा, संवाद, गीत संगीत शंकर गुरुङ (बतासे)को रहेको छ । उनी फिल्मका प्रमुख कार्यकारी निर्माता समेत हुन् । त्यस्तै मुख्य निर्माण प्रबन्धक करण गुरुङ हुन् । स्व.धर्ममाया गुरुङ र लोकबहादुर गुरुङले निर्माण गरेको फिल्म जसु गुरुङले निर्देशन गरेका हुन् । फिल्मको छायाँकन भेष गुरुङ र सम्पादन छवि राना मगरले गरेका छन् ।