विजयपुर । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङका तीन जना र सुनसरीका एक जना रहेका छन् । पक्राउ परेकाहरूबाट अदालतले तोकेको २५ महिना कैद सजाय तथा ६ हजार ५ सय रुपैयाँ जरिवानाबापतको रकम असुल गरिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।