सन्तोष थेबे धरान पृष्ठभूमिका पुराना कवि । हाल अमेरिकाको टेक्सासमा बस्छन् । रङ्गमन्चमा समेत भिजेका उनलाई विगतका यादसँग रमाउने कवितात्मक प्रवृत्तिभित्र प्रेम, विछोड र रोमान्टिक कविका रुपमा चिनिन्छन् । उनका कवितामा मानवतावाद, भौतिकवादी दृष्टिकोण पनि पाइन्छ । हालै उनी नेपाल आएको सन्दर्भमा उनको कविता संग्रह ‘स्मृतिको पुरानो दह’ विमोचन गराएका छन् । कवितामा गहिराइ, भाव, संरचना निखार्दै ल्याएका कवि थेबे कक्षा ६–७ पढ्दाताका नै कविता लेख्दै आएका हुन् । आजसम्म उनको सिर्जनाले अनवरत यात्रा गर्दै आएको छ । २०७३ मा ‘फालेलुङ र काबेली बजार’ कविता संग्रह प्रकाशनमा ल्याएका उनले सात वर्षपछि दोस्रो कृति ‘स्मृतिको पुरानो दह’ ल्याएका छन् । संग्रहभित्र ५५ कविता संग्रहित छन् । सोही सन्दर्भमा ब्लाष्टखबरडटकमसँग कवि थेबेले गरेको कुराकानी प्रस्तुत गरिएको छ । 

यहाँलाई सर्वप्रथम हार्दिक स्वागत गरें, ब्लाष्टखबर डटकमको यो स्टुडियोमा । 

– तपाईंहरु र सम्पूर्ण टिमलाई मेरोतर्फबाट हार्दिक आभार ।

के गर्दै हुनुहुन्छ ? ‘स्मृतिको पुरानो दह’, नेपालबाटै विमोचन गर्नु भयो, धाएर आउनुभयो । यसको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?

– प्रतिक्रिया सोचेको भन्दा एकदम राम्रो छ । के भो भन्दाखेरि म यसरी झट्टै आउँछु भन्ने लागेकै थिएन । झट्टै आउनु प¥यो । मैले सोचें, फालेलुङ (फालेलुङ र काबेली बजार, कविता संग्रह) निकालेको पनि सात वर्ष भइसकेको थियो । बीचमा मसँग कविताहरु थियो नै लगभग एउटा संग्रहलाई पुग्ने । त्यो भन्दा अगाडि पनि हाम्रो सुदीप पाख्रिनजीले आधीउदी चाहिं छानेर राखिसक्नु भएको थियो । मैले उता (अमेरिका) बाट केही कविताहरु पठाइदिएँ । भोल्युम पुग्यो । लु न त नेपाल गएको बेला छापौं भन्ने निधो भएपछि छापियो । नभन्दै यहाँ त यति राम्रो सहयोग पाइयो । मिडियाको कभरले गर्दा मैले सोचेभन्दा राम्रो भएको छ । 

कहिलेकाहीं के हुन्छ भन्दाखेरि एउटा सानो शब्द, एउटा सानो सोच केके कुराले पनि कविलाई कविता लेख्न प्रेरणा र सहयोग गर्छ । त्यस प्रसंगमा लेख्दै जाँदाखेरि लेखिन्छ । यो झट्ट हेर्दाखेरि पाठकहरुले कसरी हेर्नुहुन्छ के गर्नुहुन्छ त त्यो उहाँहरुको बुझाइको कुरा हो । तर मेरो कुरा चाहिं देउताले खुन खायो त के भयो भन्ने प्रसंगमा चाहिं कति हाम्रो आस्थाका कुराहरु भए त्यसमा त्यत्ति सत्यता चाहिं पाइँदैन । गर्दै आएका कुराहरुमात्र रहेको भेटिन्छ । कतै त्यो चिज मान्छे आफैंले गरेको त होइन भन्ने एउटा मेरो आशयसम्मलाई प्रस्तुत गरेको हुँ । 

‘फालेलुङ...’ देखि ‘स्मृतिको पुरानो दह’ प्रकाशित हुनुभन्दा बीचका सात वर्ष किन ग्याप गर्नु भयो ? समय लाग्यो तपाईंलाई ?

– स्रष्टामा पनि भर पर्छ । छिटोछिटो निकाल्नेमा अलिक म पर्दिनँ । हरेक स्रष्टाको मनस्थितिमै भर पर्दो रहेछ । कति स्रष्टाहरुले ६ महिना वर्षदिनमा अथवा नियमित समय तालिकामा प्रकाशन गरिरहनु हुन्छ । मेरो हकमा चाहिं के छ भने, कहिलेकाहीं म आफैं ठान्छु भोल्युम नै पुगेन जस्तो लाग्छ । कति लेखेको हुन्छु, मन पर्दैन । यो लेखेको ठीक छैनजस्तो लाग्छ । संग्रहका लागि ठीक भएनजस्तो लाग्छ । अन्तिममा साथीभाइलाई नै भन्छु, म चाहिं जज गर्न नसक्ने भएँ, पुग्यो पुगेन तपाईंहरु नै छान्दिनुस् है भन्छु त्यसो गर्दा ढिलो हुन्छ । म हतार अलिक गर्दिनँ पनि । 

Santosh Thebe

हामीले तुलनात्मक रुपमा हेर्यौं भने ‘फालेलुङ...’ भन्दा ‘स्मृतिका पुरानो दह’मा के फरक पाउँछौं होला, तपाईं कविका हिसाबले ?

त्यस्तो फरक चाहिं केही पनि छैन । मेरो लेख्ने आफ्नै शैली छ । म ज्यादा नोस्टाल्जिक छु । त्यसमा रोमान्टिक । मलाई यी दुई विषयमा कलम चलाउन सजिलो लाग्छ । फालेलुङमा पनि कतिपय कुरा त्यस्तै छन् । फालेलुङ चाहिं मिसिएको छ । सामाजिक कुरा, प्रेमका कुरा, यादका कुरा जानीजानी नै मिसाएको छु । यहाँ चाहिं त्यो अलिक कम छ । सामाजिक मुद्दाका कुराहरु, सोसियल इस्युहरु अलिक कम छ । ज्यादा चाहिं नोस्टाल्जिक र प्रेमका कुरा छन् । 

कृतिको नामबाटै हामीले बुझ्न सक्छौं, ‘स्मृतिको पुरानो दह’ .. भनेपछि कविका स्मृतिका कुराहरु पनि छन् कि ? 

– ज्यादा । ज्यादै छ त्यो कुराहरु । मलाई व्यक्तिगत रुपमा यादले, बितेका कुराले हन्ट गर्छ । म छक्क पर्छु किन होला । मजा पनि लाग्छ मलाई । त्यही चिजलाई कवितामा भन्न मन लाग्छ । 

किताब पल्टाउँदै जाँदा दोस्रो कविता देखें– देउताले खुन खायो त के भो.. ? सांस्कृतिक विषय उठान गर्न खोज्नु भएको हो कि ? कविताले के भन्छ ?

– त्यो खासमा त्यस्तो पनि होइन । कहिलेकाहीं के हुन्छ भन्दाखेरि एउटा सानो शब्द, एउटा सानो सोच केके कुराले पनि कविलाई कविता लेख्न प्रेरणा र सहयोग गर्छ । त्यस प्रसंगमा लेख्दै जाँदाखेरि लेखिन्छ । यो झट्ट हेर्दाखेरि पाठकहरुले कसरी हेर्नुहुन्छ के गर्नुहुन्छ त त्यो उहाँहरुको बुझाइको कुरा हो । तर मेरो कुरा चाहिं देउताले खुन खायो त के भयो भन्ने प्रसंगमा चाहिं कति हाम्रो आस्थाका कुराहरु भए त्यसमा त्यत्ति सत्यता चाहिं पाइँदैन । गर्दै आएका कुराहरुमात्र रहेको भेटिन्छ । कतै त्यो चिज मान्छे आफैंले गरेको त होइन भन्ने एउटा मेरो आशयसम्मलाई प्रस्तुत गरेको हुँ । 

भौतिकवादी दृष्टिले चाहिं के भन्छ भने– मान्छे हो, मान्छे जस्तो छ देउता पनि उसले त्यस्तै बनायो ।

– हो, हो एकदमै । मान्छेले नै सबथोक गरेको होला कि भन्ने आशय हो । तर फेरि मेरो पूर्ण विचार त्यसरी लादिएको पनि छैन । हो कि ? भन्ने कवि आशय । 

यहाँ भन्नु भएको छ– ‘प्राणीहरुको रखवाला गर्दागर्दा अनिद्रा र तृष्णाले ग्रसित देउताले सुटुक्क खुन खायो त के भो ...’ मीठो छ कविता । मान्छेको अपव्याख्याको कुरा यहाँभित्र गर्नु भएको छ । मूलतः संग्रहभित्र पाठकले के पाउँछन् ? 

– कम्तिमा मेरो लेखाइमा चाहिं के छ भने जब म कविता लेख्छु, मलाई मन परेर लेख्छु । भोलि समाजमा गएर त्यसको कस्तो असर हुन्छ ?  के हुन्छ ? पाठकहरुले के भन्नुहुन्छ म त्यतिखेर सोच्दै सोच्दिनँ । म यतिमात्र सोच्छु कि कविताको एउटा भाषा हुन्छ । कला हुन्छ । कवितामा चाहिने तत्वहरु हुन्छन् ।  त्यो चिजबाट मैले आफ्नो भन्ने कुराहरु राखेको हुन्छु । भन्ने कुरा त हामीसँग यति धेरै विषयवस्तु छन् । एउटा विषय टिपेर पाठकको  मन छुने गरी आफ्नो कुरो कवि भएर भन्न पाएँ भनें, कसरी पाठकले त्यो कविता मन नपराउलान् त  अवश्य मनपराउनु हुन्छ भन्ने विश्वासका साथ नै  मैले लेखेका धेरै कविताहरु त्यस्ता छन् । मैले मेरा केही साथीहरुबाट सुझाव पनि  पाएँ । अहिले समकालीन नेपाली समाजमा भाषा, साहित्य, संस्कृति, पहिचान, राजनीतिक मुद्दा, गरिबी, शोषण, विकृति धेरै विषय छन् । त्यहाँमाथि पनि  तपाईंले लेख्नु भएको  भए सुनमा सुगन्ध हुन्थ्यो, किनभने कविले समाजलाई अत्ति नै सचेत भएर अरु तहतप्काका मान्छेहरु सरह नै देख्ने हुनाले त्यो चिज राख्नु भएको भए कति राम्रो हुन्थ्यो, भन्नु भयो । तर लेख्ने बेलामा मैले त्यसरी लेख्न सकिनँ । र अर्कोकुरो मेरो एउटा ट्रयाक छ । त्यो ट्रयाक भन्दा परतिर गएर लेख्न मलाई त्यति मजै लाग्दैन क्या । मजा जेमा लाग्छ त्यसैमा लेख्छु र त्यसैको प्रतिफल यसमा छ । 

अहिले समकालीन नेपाली समाजमा भाषा, साहित्य, संस्कृति, पहिचान, राजनीतिक मुद्दा, गरिबी, शोषण, विकृति धेरै विषय छन् । त्यहाँमाथि पनि  तपाईंले लेख्नु भएको  भए सुनमा सुगन्ध हुन्थ्यो, किनभने कविले समाजलाई अत्ति नै सचेत भएर अरु तहतप्काका मान्छेहरु सरह नै देख्ने हुनाले त्यो चिज राख्नु भएको भए कति राम्रो हुन्थ्यो, भन्नु भयो । तर लेख्ने बेलामा मैले त्यसरी लेख्न सकिनँ । 

यहाँ तपाईंले उल्लेख पनि गर्नुभएको छ, यो तपाईंको भौतिकवादी स्मृति हो ? माक्र्सवादी उपयोगिताको सिद्धान्तको व्याख्या, विश्लेषणले प्रभाव पारेका कुरा प्राक्कथनमा गर्नु भएको छ । भौतिकवादी दृष्टिकोणका कविता पाउँछन् पाठकले यहाँभित्र ? 

– छ । त्यस्तो कविताहरु दुईचारवटा छ । मैले यसरी पनि राखेको हुँ कि कवितालाई मान्छेहरुले फरक हिसाबले बुझ्लान । तर मेरो बुझाइ चाहिं के छ भने– कविताहरु तहतहका हुन्छन् । कुनै कवितामा अमरत्व हुन्छन् । कुनै सहजै बुझ्न सकिने हुन्छन् । कुनै क्लिष्ट हुन्छन् । कविले त्यसलाई यसो गर्छु है भने बनाएको पनि होइन । लेख्दै जाँदा परिस्थिति, मनस्थिति, समय, कालखण्डअनुसार कविता जन्मिन्छ । कविता आफैं जन्मिन्छ । तपाईंले भनेजस्तै कुराहरु यहाँभित्र छन् पनि । र, तपाईले पृष्ठभूमिमा राखिएका कुरा यहाँ उठाउनु भयो । कला कलाका लागि भन्नेहरु पनि हुनुहुन्छ, ठूलो डफ्फा छ संसारमा । होइन कला जीवनका लागि भन्नेहरु पनि हुनुहुन्छ । त्यसपछि माक्र्सिस्ट खेमामा विश्वास गरेर लेख्नेहरु पनि धेरै हुनुहुन्छ । म चाहिं  वाद, विवाद, सिद्धान्तभन्दा परतिर सिर्जना गर्नमै मलाई रमाइलो लाग्छ किनभने ‘बुझ्दिनँ म’ भन्ने कुरा त्यहाँ राखेको छु । 

तपाईंले भनेअनुसार नै पाठकले उठाएका, सुझाव दिएका कुरा समकालीन कविताका प्रवृत्तिहरुः पहिचान, पर्यावरण, सवाल्र्टनका मुद्दा पनि पुस्तकमा राखिनुपर्छ भन्ने लागेकै होला ? 

एकदमै । उहाँहरुले भन्नु भएको छ । यहाँ पुस्तकमा भएका कुरा गरौं– यसमा रोमान्सका कुरा छन् । नोस्टाल्जिक कुरा छन् । प्रेम, विछोड र यादका कुरा छन् । त्यसँगसँगै समकालीन समाज अहिले कहाँ छ ? त्यहाँ भएका विकृति, विसंगतिहरुलाई पनि तपाईंले यहाँ राख्नु भएको भएदेखि राम्रो हुने थियो । कविको आवाज धेरै माथि उँचो हुन्छ भनेर उहाँहरुले प्रशस्तै भन्नु भएको छ । सायद आगामी दिनमा मेरो ध्यान त्यहाँ पनि जान्छ कि ?

सामाजिक सञ्जालमा कविता पोस्ट गरिरहनुहुन्छ, छोटा कविताहरु । सामाजिक सञ्जालमा कविता राखेपछि कविता मर्छ भन्ने पनि छन् । कविहरुले प्रकाशित कविता मात्र राखेको पाइन्छ । तपाईंको विचार के छ ? 

मलाई चाहिं त्यस्तो लाग्दैन । किन पनि लाग्दैन भने ढिलो चाँडो त निकालिने नै हो । प्राय कविताहरु सामाजिक सञ्जालमा राखेकै हुँ । तिनीहरुरुलाई नै टिपेर यहाँ कृतिमा राखें । उहाँहरुले त्यतिबेला पढिसक्नु भयो । फेरि पढ्दा आहा यो फेरि बुकको फर्ममा आएछ भनेर फेरि पढ्नु हुन्छ होला जस्तो लाग्छ । अनि, कविता कहाँ मर्छ र ? कविता त त्यस्तो चिज हो जो कहिल्यै मर्दैमर्दैन । कविताको मृत्यु हुँदैन । 

कविताको उपयोगितामा ह्रास हुँदैन ? 

हुँदैन, हुँदैन । कहिल्यै हुँदैन । यस्तो कविताहरु पनि छन् संसारमा जो मानव सभ्यता रहेसम्म, मान्छे रहेसम्म त्यो रहिरहेको पाइन्छ । कति वर्ष अगाडि स्रष्टाले लेखेका कविता आज पनि त जीवन्त छन् । 

कविता सम्पादन हुन कत्तिको आवश्यक छ ? यहाँको विचार के छ ? म पत्रकारिता क्षेत्रमा छु एउटा संवाददाताले समाचार पठाउँछ । सम्पादकले सम्पादन गरेपछि मात्र प्रकाशनयोग्य हुन्छ । कवितामा यस्तो हुन सक्छ ? आवाज त्यसरी उठिरहेको छ । 

– दुईटा स्थिति हुनसक्छ । कहिलेकाहीं कविता फुर्दा यति धाराप्रवाह रुपले सबै कुरो मिलेर फुरिदिन्छ । कहिलेकाहीं त्यहाँ मिलाउनुपर्ने  कुराहरुसहित कविता फुरेको हुन्छ । त्यस्तो अवस्थामा काँटछाँट गर्नुपर्छ । म गर्छु । म कहिलेकाहीं मेरा कविता आफैं चट्ट मिलेर बसिदिन्छन् त्यतिखेर म केही गर्दिनँ । कहिलेकाहीं म चारचोटि, पाँचचोटि लेखेर त्यसलाई सम्पादन पनि गर्छु, काँटछाँट पनि गर्छु । त्यत्तिले नभएपछि थन्क्याइ पनि दिन्छु । यो सब हुन्छ । तपाईंले भनेको सही नै हो । 

भनेपछि हामीलाई छुट्टै सम्पादकको आवश्यक्ता पर्दैन । सिर्जनामा त्यो हुँदैन । 

– खै ... । म चाहिं त्यसरी सोच्दिनँ । 

यो कविता संग्रह चाहिं कसरी निकाल्नु भयो त्यतातिर जाऔं न ।

– कविताहरु मैले पहिलादेखि नै थुप्रै लेखिरहेको थिएँ । साथीभाइहरुलाई भनिरहेको थिएँ– ‘ल है कुनै बेला आवश्यक पर्छ । छाप्नु पर्ला कि, तपाईंहरुले छान्नु होला ।’ के हुन्छ भने, एउटा स्रष्टा लोभी पनि हुन्छ । मैले लेखेको सबै राम्रो लाग्छ । तर पाठकको नजरबाट तपाईंले वा अरुले मेरो कविता चाहिं पढेर छानिदिनु भयो भने त्यो चाहिं केही हदसम्म तटस्थ हुन्छ जस्तो लाग्छ । अनि म साथीहरुलाई छान्न लगाउँछु । त्यही क्रममा सुदीपजीहरु, चन्द्रजीहरु, करुणाजीहरु.. हाम्रो धराने साथीहरु हुनुहुन्छ उहाँहरुले छानिदिनु भयो र, यो फर्ममा आएको चाहिं हो । मैले  छानेको होइन । मैले चाहिं धेरै पठाइदिएको थिएँ । त्यतिमा यत्ति परेका हुन्, कत्ति परेनन् पनि । 

कहिलेकाहीं कविता फुर्दा यति धाराप्रवाह रुपले सबै कुरो मिलेर फुरिदिन्छ । कहिलेकाहीं त्यहाँ मिलाउनुपर्ने  कुराहरुसहित कविता फुरेको हुन्छ । त्यस्तो अवस्थामा काँटछाँट गर्नुपर्छ । म गर्छु । म कहिलेकाहीं मेरा कविता आफैं चट्ट मिलेर बसिदिन्छन् त्यतिखेर म केही गर्दिनँ । कहिलेकाहीं म चारचोटि, पाँचचोटि लेखेर त्यसलाई सम्पादन पनि गर्छु, काँटछाँट पनि गर्छु । त्यत्तिले नभएपछि थन्क्याइ पनि दिन्छु ।

मैले सम्पादन हुनुपर्छ वा पर्दैन भन्ने कुरा यहीँ जोड्न खोजेको हुँ । उहाँहरुले छुट्टै सम्पादन गर्नु भएको भन्ने छैन ? 

– सम्पादनको जिम्मा मैले सुदीपजीलाई दिएकै हो । किन ढाँट्ने ?, होइन । उहाँले सम्पादन पनि गर्नु भएकै हो । तर उहाँ यस्तो हुनुहुन्छ कि उहाँले ‘सम्पादन मैले गरेको कुरो चाहिं.. मतलव त्यसको क्रेटिड चाहिं लेखेर नआओस्, मेरो नाम नहुँदा पनि हुन्छ’ भन्नु भएपछि उहाँको नाम आएन ।

सर्जकको सिर्जनाशक्तिलाई अवमूल्यन गर्न खोजेको चाहिं होइन । तर पछिल्लो समय सम्पादन भएर आउनुपर्छ कविताहरु पनि भन्ने कुराहरु उठिरहेको छ र मैले जोडें । यहाँका केही कविता सुनौं त ?

– म तपाईंलाई एकदुई वटा कविताहरु सुनाउँछु । मैले अघि पनि भनें म प्रेमिल कविताहरु धेर लेख्छु । तर, यो चाहिं ठ्याक्कै त्यसको उल्टो छ । एउटा कविता त्यस्तै परेछ यहाँ ।

‘पसिनाको मूल्य’

खेत मेरो

खेत म जोत्छु 

बाली लगाएर फलाउँछु म

बाली थन्काउने बेलामा

हरेक वर्ष मँहगी बढ्छ 

परबाट खच्चर चढेर एक 

बनियाँ आउँछ 

भन्न त मलाई मालिक भन्छ

अचम्म लाग्छ 

मेरो  पसिनाको मूल्य

मैले होइन

उसले सधैं हरेक वर्ष तोकेर जान्छ । 

हामीले  यो कविता सुन्दै गर्दा कविता कस्तो हो भन्ने बुझ्न सकिन्छ । रचनागर्भ बताइदिनुस् न ।

मलाई धेरै जिज्ञासुहरु, पत्रकार, साथीहरुले सोध्नुहुन्छ कविताको रचना गर्भको विषय । कविता रचनागर्भको विषयमा मलाई चाहिं संगीतको एउटा सानो टुक्रा, सिनेमाको सानो दृश्य, एक शब्द पनि या तपाईंले केही भन्नु भएका जे चिज पनि मेरो सेन्स अर्गानले पक्डिन्छ, त्यो काफी हुन्छ लेख्नका लागि । म सायद केही गरिरहेको थिएँ । मैले मधेस सम्झें । किसान सम्झें । उनीहरुले हरेक वर्ष जुन उनीहरुको उत्पादन गर्छन् । तर उनीहरुको ठेकेदार अर्कै छन् । शोषण हुन्छ । त्यसमाथि लेख्न पाए कस्तो हुन्छ भन्ने लाग्यो । घोत्लिएपछि यो जन्मिएको हो । साथसाथै शुभचिन्तकहरुले तपाईं कविता छोटो लेख्नु हुन्छ, लामो लेख्नुहोस् न मजै आएन भन्नुहुन्छ । तर म पछिल्लो चरणमा आएर लामो लेख्नै सक्दिनँ । यतिमै सकियो जस्तो लाग्छ । शुभचिन्तकहरुले प्रेम गरेर भन्नुहुन्छ । अलि लामो लेख्देऊ भन्नुहुन्छ । 

Santosh Thebe (1)

कर्णप्रियता र कवितामा अझै केही आउला कि भन्दाभन्दै सकिएपछि सुझाव सल्लाह दिनु भएको पनि  होला । कविता सुन्दा राम्रै लाग्यो । 

– हो नि किसानहरु यसरी नै वर्षौंदेखि ठगिएर आएका छन् । न सरकारले हेर्छ । न कल्ले हेर्छ ।

कृषि क्षेत्रमा, किसानका उत्पादनमा न्युनत्तम समर्थन मूल्य तोकिनुपर्छ भन्ने आशय पनि होला । मुद्दा छ यसमा । कविले पनि कवितामार्फत् प्रभावकारी रुपमा तल्लो वर्गका मुद्दा उठाउन सक्छन् भन्ने उदाहरण पनि हो यो कविता । 

– अर्को ? 

सुनौं एकदुई वटा कविताहरु 

– यो ‘दृष्टि’ भन्ने छ । यो रोमान्टिक नै छ । 

‘दृष्टि’

जीवनको 

घना जंगलमा 

धुलाम्मे पाइलाहरु लिएर

एक्लै–एक्लै हिंडिरहेकी

तिमी 

बाटोमा एकजोर 

आँखा बिछ्याइदिएको छु

अप्ठेरो नमानी टेक

तिमीले दृष्टि पाएर

कहिले पनि अन्धो हुने छैन ।

संग्रहमा पठनीय कविता रहेछन् भनेर बुझियो तपाईंका एकदुई कविता सुनेर । कविताका बारेमा हामीले चर्चा ग¥यौं, पहिचानका, सवाल्र्टनका कविता संग्रहमा त छैनन् तर आगामी दिनमा आउलान् भन्नु भयो । कवितालाई कसरी बुझ्ने केही प्रसंग अघि पनि आए । 

– कविता लेख्ने स्थापित क्षमता बनिसकेपछि कथ्यमात्र चाहिने हो क्या । कुन विषय उजागर गर्ने वा नगर्ने भन्ने हुन्छ । कथा त हामीसँग यति धेर हुन्छ, विषयवस्तु पनि धेरै हुन्छ । तर कुन कविले कुन मनस्थिति र कहाँबाट प्रेरित भएर चाहिं कुन विषयलाई कविता बनाएर कविताको भाषामा बोल्ने भन्ने हो । यत्ति त फरक हो । जस्तो म प्रेममा ज्यादा बोल्छु अरे, कसैले अन्याय, शोषणमा ज्यादा बोल्नु होला । सामाजिक विसंगतिमा ज्यादा बोल्नु होला । त्यो उहाँहरुले लेख्दै जाँदा उहाँहरुको कमाण्ड त्यहाँ ज्यादा बस्छ । त्यहाँ नै चाहिं उहाँहरुको सुन्दरता आउँछ । प्रखरता र निखारता त्यहाँ आउँछ । मैले ज्यादा मेरै विषयमा लेखें भनें मलाई यहीं सजिलो हुन्छ । म चाहिं चाहान्छु कि हरेकलाई जुन विषयवस्तुमाथि उठान गरेर कविता लेख्दाखेरि सजिलो हुन्छ उहाँहरुले त्यही गर्नुहोस् । कहिले यता, कहिले उता गर्यो भनेदेखि खज्मजिएर रहनुभन्दा एउटै ट्र्याकमा गयो भने पर पुगिन्छ जस्तो लाग्छ के मलाई चाहिं । साथीभाइले कति राम्रो चाहिं सामाजिक मुद्दामाथि, पहिचानमाथि, सामाजिक विकृतिमाथि लेख्नुहुन्छ । मलाई खुब मजा लाग्छ । पढ्छु म प्रशस्त पढ्छु । तर म आफू चाहिं त्यता ... सक्दिन के म सक्दै सक्दिनँ । 

पछिल्लो समयका कविताका ट्रेण्डलाई कसरी हेर्नु भएको छ । नेपालमा कविता कन्सर्ट, लाइभ शोहरु, कविताका रियालिटी शोहरु आइरहेका छन् । कविताको विकासका दृष्टिले यसलाई कसरी हेरिरहनु भएको छ ? 

– तपाईंले भनेका कुरामा त ज्यादा टेक्निकल प्रविधिहरुको डोमिनेन्सी धेरै छ । तर त्यो भन्दा पनि  ठूलो कुरा चाहिं उहाँहरुले मनमष्तिष्कले उजागर गर्नुभएको कविता आफैंमा कतिको दमदार छ ? कविता कति वर्षसम्म कति समयसम्म स्वतन्त्ररुपले टिक्छ कि टिक्दैन ? हामीले त्यहाँ चाहिं हेर्ने हो । जस्तै अहिले दुनियाँ मिडियामा आयो, कहाँ के भयो ? तर एउटा निश्चित कालखण्डमा त्यो शून्य भो । मान्छेले बिर्सिदियो, मान्छेको मनमष्तिष्कमै रहेन भने त्यो सबैभन्दा दुःखद क्षण हुन्छ । अहिले स्ट्रिम आइरहेको छ, त्यसका बारेमा केही समय सोचेर, पर्खेरमात्र बोल्न सकिन्छ । अहिले बोल्नै सकिंदैन । यी कविताहरु लामो समयसम्म जीवन्त रहन्छन् कि रहँदैनन् । धेरै कविताहरुको आयु छोटो हुन्छ । कविताहरुको लामो आयु भयो भने त हामीले केही गर्नै पर्दैन नि । आफैं बाँचिरहन्छ नि । पुरानो पुरानो कविताहरु हामीलाई कति  याद  हुन्छ, हैन । कति कविताहरु हामी सुन्छौं, त्यसपछि त बिर्सी त हाल्छौं । त्यसले गर्दा ठूलो  कुरा चाहिं कविता आफैंमा कति समयसम्म बाँच्छ त्यो महत्वपूर्ण लाग्छ मलाई । 

राम्राराम्रा स्रष्टाहरु उँधो पर्छन् । छायाँमा पर्छन् । कहिले देखिंदैनन् पनि । उनीहरुले नै उचालेको काखी च्यापेको मान्छेहरु माथिमाथि पुग्छन् । यो देखियो । मैले उहिले– उहिलेदेखि देखें, बुझें । तर, यो त राम्रो हो नि । किन मैले राम्रो भनेको छु भन्दा, एउटा च्यालेञ्ज गर्न मिल्छ के ।

कवि व्यवसायिक बन्न पर्छ कि पर्दैन वा कविताको व्यवसायीकरण हुनुपर्छ कि पर्दैन । पछिल्लो समय कवि व्यावसायिकतातर्फ लाग्दैछन् । 

– भए राम्रो । संसार भर नै विशेष कविता कम पढिन्छ । विकसित देशमा पनि त्यही स्थिति छ । विकसित देशमा पनि गरिबहरु हुन्छन् । मध्यम वर्गीयहरु हुन्छन् । उनीहरुलाई काम, काम, काम मात्र । साहित्यको मतलवै हुँदैन । पैसा कमाऊ, जीवन निर्वाह गर । हाम्रो जस्तो मुलुक जहाँ आम मान्छेहरु गरिबीले थिचिएका छन्, पिल्सिएका छन् उनीहरु हरक्षण कसरी दालभातडुकु जुटाऊँ भन्नेमा हुन्छन् । अलिकति पैसा जुटाएर केही गरौं भन्ने हुन्छ । उहाँहरुले कसरी किताब किन्न सक्नुहुन्छ ? र, पढ्न सक्नुहुन्छ ? र, कवितामाथि संवाद गर्नुहुन्छ ? वा साहित्यमाथि संवाद गर्नुहुन्छ ? त्यो प्रश्न चिह्न छ हेर्नुस् । अब केही ठूलो जमातहरु पनि हुनुहुन्छ जसले आधापेट खाएर पनि किताब किन्नुहुन्छ, पढ्नुहुन्छ । साहित्य सिर्जना गर्नुहुन्छ । सेवा गर्नुहुन्छ । त्यो डफ्फा पनि छ । तर पनि काफी छैन । मलाई त्यस्तो लाग्छ । त्यति भन्दाभन्दै पनि प्रोफेस्नल्ली यति  धेरै किताब निकालिरहनु भएको छ । व्यवसायिक रुपमा पनि सफल भइरहनु भएको छ । सबै सफल हुँदैनन् । अब सबै सफल हुँदैनन् भनेर कम्तिमा कलासाहित्यमा लागेको मान्छेले निराश हुनु र लेख्नै छाड्नु भने हुँदैन । धेरै पीडा हुन्छ । अपेक्षै गर्नु हुँदैन त्यस्तो चिजको । 

सर्जकहरुको समूह, गुट–उपगुटले एउटा सर्जकलाई माथि उठाउन वा छायाँमा पार्न कति मद्दत गर्ला त ? म देख्छु । 

– राम्राराम्रा स्रष्टाहरु उँधो पर्छन् । छायाँमा पर्छन् । कहिले देखिंदैनन् पनि । उनीहरुले नै उचालेको काखी च्यापेको मान्छेहरु माथिमाथि पुग्छन् । यो देखियो । मैले उहिले– उहिलेदेखि देखें, बुझें । तर, यो त राम्रो हो नि । किन मैले राम्रो भनेको छु भन्दा, एउटा च्यालेञ्ज गर्न मिल्छ के । तिमीहरुले मलाई सक्दो दुःख देऊ । म सिर्जना गरी नै रहन्छु । अहिले तिमीहरुले मलाई केही नठान तर एकदिन त्यस्तो दिन आउँछ होला नि त । त्यतिखेरको समयले चाहिं सायद मैले ठीकै काम गरेको रहेछु भने.. त्यो दिनमा मैले सफलता पाउने छु भन्ने खाल्को सोच राखियो भने मलाई त राम्रै हुन्छ होलाजस्तो लाग्छ । कम्तिमा म चाहिं यस्तै कुरामा विश्वास गर्छु । 

सर्जकहरुको गुटबन्दीको पीडामा तपाईं पनि पर्नुभएको छ कि के हो ? भन्ने लाग्यो तपाईंका कुरा सुनेर ?

– हुन्छ नि किन हुँदैन ? जत्ति हुन्छ । मैले पहिलेदेखि नै भोग्दै आएको पनि हो । देख्दै आएको पनि हो । म चाहिं अलिक कस्तो खाल्को छु भने– मेरो साथीसंगी पनि कम छन् । मलाई धेरैधेरै साथीहरु लिएर गुटबन्दी बनाएर हिंड्न पनि मन परेन, कहिले पनि । फेरि मैले भनें नि मलाई मन परेर लेखेको हुँ । लेखिसकेपछि छापौं न त, छापेपछि त झन राम्रो हो फेरि । नत्र लेख्दै नलेख्नू । यस्तै मनस्थितिबाट गाइडेड भएर लेख्छु । त्यति ठूल्ठूलो अपेक्षा पनि छैन । मैले लेखेर यहाँ, उहाँ हुनुपर्ने । मलाई मजा लाग्छ लेख्दाखेरि ।  लेख्दाखेरिको क्षण... तपाईं आफैं पनि लेख्नुहुन्छ हैन ? त्यो जस्तो लोभलाग्दो आनन्द हरेक स्रष्टाले भोग्छ क्या । त्यो त हेर्नुस् कसैले खोस्न सक्दैन तपाईंबाट । बचाउने नै त्यही चिजले हो जस्तो लाग्छ स्रष्टालाई । 

आफूले स्वमूल्यांकन गर्दाखेरि अहिले कत्तिको लेखिरहनु भएको छ ? लेख्न समय पाउनु भा छ कि छैन ?

– म नढाँटी भन्छु । यहाँ नेपाल बस्दाखेरि त साथीसंगी, वातावरण सबै हुन्थ्यो । किताब पढ्ने । के गर्ने । काम थोरै, धेरै पढ्ने । धेरै  साथीसंगीसँग विचार मन्थन गर्ने । बहस गर्ने । उता ठ्याक्कै उल्टो भएको छ । किताब पढ्ने फुर्सद पनि हुँदैन । काम काम काम त्यही सामाजिक सञ्जालबाट खबर सूचना हेर्यो । बस्यो । त्यो भन्दा परतिर के हुनु र ? लेखपढ गर्ने कुराहरु समय नै हुँदैन उता । कि हात उठाएर आउनुपर्यो, म त्यहाँ बस्दिनँ, उतै जान्छु भनेर । मैले त्यो पनि गर्न सकेको छैन । 

भविष्यमा यसले पनि केही सिर्जना गराउँछ होला ? एउटा कविको हृदय हो, होइन ?

– एकदम हो । त्यो चाहिं हो । मेरो एउटा अनुभव चाहिं त्यो स्थापित भइसकेको कविको मन मष्तिष्क चेतना र राइटिङ चाहिं जस्तोसुकै दुःखमा पनि मर्दैन रहेछ । म यति व्यस्त भएर काम गरिरहेको हुन्छु । त्यो भित्री कवि मनले नि ‘ओइ लेख् न लेख् लेख्, यो आइराछ है, यो फुरी राछ’ भनेर मलाई झस्काइरहन्छ । कहाँ म काम गरिरहेको हुन्छु । लामो समयसम्म लेखिरहेका हरेक स्रष्टाहरुलाई त्यो हुन्छ । मलाईमात्र भएको होइन । सबैलाई हुन्छ । किनभने हामी अम्मली भयौं नि त लेख्दा, पढ्दा, त्यो बाटोमा लाग्दा । हामी त छायाँजस्तो भयौं नि त । त्यहाँबाट त अलग रहनै सकिंदैन । अलग्गियो भने त मर्छ त्यो मान्छेजस्तो लाग्छ मलाई । 

म नढाँटी भन्छु । यहाँ नेपाल बस्दाखेरि त साथीसंगी, वातावरण सबै हुन्थ्यो । किताब पढ्ने । के गर्ने । काम थोरै, धेरै पढ्ने । धेरै  साथीसंगीसँग विचार मन्थन गर्ने । बहस गर्ने । उता ठ्याक्कै उल्टो भएको छ । किताब पढ्ने फुर्सद पनि हुँदैन । काम काम काम त्यही सामाजिक सञ्जालबाट खबर सूचना हेर्यो । बस्यो । त्यो भन्दा परतिर के हुनु र ? लेखपढ गर्ने कुराहरु समय नै हुँदैन उता । कि हात उठाएर आउनुपर्यो, म त्यहाँ बस्दिनँ, उतै जान्छु भनेर । मैले त्यो पनि गर्न सकेको छैन । 

बिट मारौं, आजको कुराकानीका सन्दर्भमा के भन्नु हुन्छ । 

हेर्नु न आज यति धेरै मान्छेले साहित्य रचना गरिरहेका छन् । यति धेरै लेखिरहनु भएको छ । हाम्रो जस्तो मुलुकमा... मान्छेहरुले दर्शकले पाठकले मलाई नराम्रो त  नठानून्, कवि साहित्यकारहरु चाहिने भन्दा धेरै भए । त्यो नभएर देशको पूर्वाधारका लागि चाहिने मान्छेहरु ज्यादा भइदिएको भए, यही पेशा भन्दिनँ । देशलाई अहिले कविहरु धेरै चाहिएको होइन के । थोरै भए पनि पुग्थ्यो । त्यत्रो ठूलो कविहरुको डफ्फा जस्तै देश विकासको काममा, देशको मुहार फेर्ने काममा, परिवर्तनको काममा लागेको भए देशलाई अलिकति विकास गर्न सकिने थ्यो कि ? भन्ने चाहिं मेरो आफ्नो वैयक्तिक भनाइ हो । हामी धेर भयौं । यहाँ त एकएक घरमा एकदुई वटा कवि छन् । 

Santosh Thebe blastkhabar

तपाईंको अभिव्यक्तिबाट मैले के महसुस गरें भने कविहरु परिष्कृत हुनुपर्छ, राम्रा कविता आउनुपर्छ भन्ने सन्दर्भमा पो हो कि ?

त्यो पनि हो । 

हामीसँग अब्बल रचना भएका भए तपाईंले त्यसो भनिरहन पर्दैनथ्यो कि ? 

– त्यो पनि हो । भीड एकदम धेर भयो । यो भीड नभए पनि हुन्छ । तपाईंलाई म छुचो भएर भन्छु । हामी यत्रो भीडमा हिंडिरहेको छौं । गन्तव्यमा पुग्ने भनेको त एकदुई जनामात्र न हो । निश्चित समयपछि हिंडिरहेको मान्छेलाई पनि थाहा हुन्छ कि म त्यतातिर नगए पनि हुन्छ । जस्तै म पाँच वर्ष दश वर्ष कवि भएर हिंडें, अब चाहिं म उता जाऊँ कि यता जाऊँ नगएको भए पनि हुन्थ्यो भन्ने खाल्को विचार पनि आउँछ धेरैलाई । जस्तो म पहिला रंगकर्मी हुँ । रंगकर्म किन छोडें ? फिल्म किन छोडें ? त्यसको आफ्नै पाटोहरु छ, त्यसको कुरो अहिले नगरौं । कम्तिमा हाम्रो जस्तो देशमा त्यति धेरै कविहरुको भीड नभए पनि हुन्थ्यो । 

यहाँको समय बचाएर हामीलाई उपलब्ध गराउनु भयो, कहिले फर्कंदै हुनुहुन्छ ? 

– म दुईतीन दिनमै फिर्दैछु । तपाईंले छोटो समयमा मलाई सम्झेर मेरो कुरा राख्ने, विशेष गरी ‘स्मृतिको पुरानो दह’लाई हाइलाइट गर्ने मौका दिनु भयो । धेरैधेरै आभारी छु । ब्लाष्ट टाइम्सका सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्न चाहान्छु । 

हवस् यहाँको सुखद जीवनको कामना गर्दछु । 

– तपाईंहरुलाई पनि धन्यवाद ।