धरान । सुनसरीको धरान उपमहानगरपालिका–१५ महादेव चोकमा एक व्यक्ति आफ्नै घरको छतबाट लडेर ज्यान गएको छ ।
बिहीबार आफ्नै घरको छतमा हिँड्ने क्रममा दिउँसोतिर ५५ वर्षीय डम्बरबहादुर लिम्बू तल खसेर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनी आफ्नै तीनतले घरको छतबाट तल खस्न पुगेका थिए । उनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको थियो । उनको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको थियो र अवस्था मध्यम् रहेको अस्पतालले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय धरानबाट सइ जीवन कुँवरको नेतृत्वमा खटिएको टोलीले घटनाको अनुसन्धान गरेको थियो । घाइते लिम्बूले साँझ ६ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।