वराहक्षेत्र । भोक लाग्यो, दिसा पिसाब आयो,कसैलाई बोलाउनु प¥यो उनी रुन वाहेक केही गर्न सक्दिनन् । उमेरले उनी अहिले १५ वर्षकी बालिका हुन् तर शारिरीक पिडा र लाचारीले गर्दा अवोध बालक जस्तो टुलुटुलु हेरीरहनु भन्दा बढि केही पनि गर्न सक्दिनन् ,बोल्न त परै जाओस । 

 मानव बस्तीमा बस्ने भएपनि मानवीय संवेदना वाट टाढा भएकी सहयोगको याचना गरिरहेकी उनी हुन् मनिषा चन्द्रवंशी । कोशी नदी पारी वराहक्षेत्र नगरपालिकाको वार्ड नं ९ श्रीलंका टापुमा बस्ने उनको अवस्था हेर्दा जो केही पनि भावुक बन्छ ।

  विंस. २०६४ सालमा जन्मदा शुरु शुरुमा त मनिषा ठिकै थिईन् तर पछि विस्तारै असामान्य हु“दै गईन् । जन्मेको ७ दिन सम्म दुध नखाएको उनले गाउ“ले उपचार गरेपछि दुध खाईन । 

“अलिक दिनपछि छोरीलाई हात खुट्टा चलाउन अप्ठ्यारो हुन थाल्यो, कोही कोही बच्चा अलिक ढिलो हिड्छन् डराउनु पर्दैन् भने जान्नेबुझ्ने, १ वर्ष सम्म चित्र बुझाईयो । त्यसपछि भने अरु केटाकेटी जस्तो सामान्य हिड्न नसक्ने भएपछि गाउ“ झारफुक गरियो,  यतिले निको नभएपछि आफु संग भएको र ऋणपान गरेर धरान विराटनगर,ईटहरीको  अस्पतालमा उपचार त गराए नि, तर कसै गरी छोरी निको भईन्” मनिषाका बुबा रमेश चन्द्रवंशीले बताए ।

बच्चामा तोतोबोली बोल्ने,रुने कराउने भएर होला,ठूलो भएपछि बोल्छे होला भनेको  अहिले छोरी १५ वर्षकी भई छोरी बोल्दिन् ,रुन वाहेक केही नि गर्न सक्दैन् उसले दिशा पिसाब बसेको ठाउ्र“मा गर्छ आमा रिताले बताईन् ।

गाउंघरमा बस्ने आफुहरु, पढे लेखेको छैन् कसरी के गर्ने थाहा छैन् , कसैगरी छोरी निको हुन्छ भनेर मनिषा लाई सानै हुंदै ईटहरीको एउटा अस्पतालमा जचाउ“न जांदा धेरै पैसा लाग्छ अप्रेशन गर्नु पर्छ, ज्यान पनि जान सक्छ भनेपछि, गरिव मान्छे हामी, भएको पनि सकेर उपचार नगराएर त्यसै फर्केको रिताले छोरी पछाडि रुदैं बताईन् ।

सुगम नगरपालिकाको भएपनि कोशी नदीको बगरमा कुना पट्टी बस्छौं हामी  लाई के विकास के दुःख के अनि के सुख सब बराबर छ , दैनिक विहान बेलुका गरेर खानु पर्छ , आफु खानु की छोरीको उपचार गर्नु की परिवार पाल्नु , बुबा रमेश भन्छन् ।

नगरपालिकाले छोरीको उपचारको लागि सहयोग गरेन् ? अनि नगरमा यति धेरै संघसंस्था छन् त ! भनेर सोध्दा उनी भन्छन, नगरपालिकाले छोरी डुलाउने एउटा कुर्सी दिएको छ ,अनि महिनाको ४ हजार रुपैंया अपांग भत्ता । यति रकमले के गर्नु र ! मन मन भए छोरीको राम्ररी उपचार गराईदिए हुन्थ्यो नी , तर समाजसेवी, संघसंस्था सबै आउ“छन अनि फोटो खिचेर जान्छन् । जोसुकै आए पनि नहुने,नसक्नेलाई कस्ले पो हेर्छन् र ! हाम्रो त भाग्य नै उस्तो भावुक हु“दै रमेश गुनासो गर्छन् । 

अहिले पनि राम्रो उपचार गरायो भने छोरी निको हुन्छ भन्छन् , तर कसरी उपचार गर्नु विहान बेलुका हातमुख जोर्न गाहे छ ,उनी भन्छन् । मनिषा सबै भन्दा जेठी हुन् उनी पछाडि वहिनी कोपिला, र भाई हरु कार्तिक र बसन्त छन् ।

फुसको सानो घरमा ६ जनाको परिवारलाई दैनिक ज्यालादारी गरेर खुवाउनु छ , १ ,२ वटा भैंसी छन् त्यती हो सम्पत्तिको नाममा, कसरी उपचार गराउनु बाध्यता । उनलाई देखेर अचानक मनिषा बेस्सरी रुन थालिन्,किन रुएको उनी भोक लाग्यो कि ” भनेर सोध्दा संगै रहेकी आमा रिता भन्छिन् । “ के गर्नु नबोलेपनि बुझ्न त मनले सबै बुझ्छ नि,  म निको हु“दिन भनेर रोएको नि” । 

रकमको अभावमा लाचार र अपांग बनेकी मनिषा लाई “उपचार गराईदिनको लागि, बुबा रमेशले याचना गरेका छन् । कोही सहयोगी  दाता पाए, छोरीले १५ वर्ष देखि पाएको दुःख वाट छुटकारा पाउनेथ्यो की उनी भन्छन् । सहयोगको लागि उनलार्इृ सम्पर्क गर्न सकिने मोबाईल नं ९८०७०७२७७५, रिता चन्द्रवंशी ९८२५०२४२७१ म सम्पर्क गर्न सकिन्छ ।