श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत २ गते सोमबार, १६ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको द्वादशी तिथि ११ः२३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र धनिष्ठा १३ः०७ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः१२ बजे र सूर्यास्त ०६ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिष्ठित काम गरेर लोकप्रियता हासिल गर्न सकिनेछ। नयाँ मान्छेहरूसँग चिनजान हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जागिर वा व्यापार गर्नेहरूलाई राम्रो लाभ हुनेछ। भविष्यका लागि कुनै ठूलो कामको जग बसाल्ने सही समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफूलाई मन परेको काममा लगानी गर्दा राम्रो हुनेछ। जीवनशैलीमा परिवर्तन ल्याउने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ने हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य अलि कमजोर रहे पनि कामको जिम्मेवारी भने थपिनेछ। तर हार मानिसकेको काम फेरि बन्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको काममा समय बिते पनि केही न केही प्रतिफल पक्का मिल्नेछ। मिहिनेत गर्न नछोड्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूको झैझगडामा चासो नदिनुहोला, आफैँलाई अप्ठ्यारो पर्न सक्छ। काममा सोचेजस्तो सफलता नपाइएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ वा जोखिमपूर्ण काम अहिल्यै सुरु नगर्नुहोला। अत्यावश्यक काम सहयोगीका माध्यमबाट गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शरीर अलि कमजोर हुनसक्छ । विश्राम र खानपानमा ध्यान दिनुहोस्।हाँसखेल र मनोरञ्जनको समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन निकै उत्साहजनक रहनेछ। परिवारजन र साथीभाइको सहयोगले कामहरू सजिलै बन्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो यात्रा वा भोजभतेरमा सहभागी भइएला। नयाँ लुगा किन्ने वा राम्रो उपहार हातपार्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अतिथिका रूपमा सम्मान, सत्कार पाइनेछ। मनग्य धनलाभ हुनेछ। प्रेममा सफलता मिल्नेछ ।
































