धरान । चौधरी ग्रुपले घरायसी उपभोगका लागि इन्डक्सन चुल्होलगायतका सामग्री बजारमा ल्याएको छ ।
सिजीले ८ वटा कुकटप मोडलहरू बजारमा सार्वजनिक गरेको जनाएको छ । कम्पनीका अनुसार पाँच इन्डक्सन कुकटप मोडल, २ वटा इन्फ्रारेड कुकटप मोडल र एउटा हाइब्रिड कुकटप मोडल सार्वजनिक गरेको हो । यी सामग्रीबाट खाना पकाउनका लागि सहज हुने जनाइएको छ ।
जुनसुकै भाँडाकुँडाका लागि पनि उपयुक्त रहेको जनाइएको छ भने चाँडो पाक्न सक्ने जनाइएको छ । ८ वटा मोडलका कुकटपमा एक वर्षसम्मको पूर्ण वारेन्टी रहेको जनाइएको छ ।
































