धनकुटा । निवुवा–तांखुवा जलधार संरक्षण क्षेत्रको व्यवस्थापनको काम सकिएसंगै अन्तराष्ट्रिय पर्वतिय विकास केन्द्र (इसिमोड) ले सरोकारवालाहरुसंग मिलेर सप्तहाव्यापी वृक्षरोपाण कार्यक्रमको वुधवार थालनी गरेर कार्यान्वयनको पक्षमा लागेको छ ।
निवुवा–तांखुवा जलधार संरक्षण क्षेत्र अन्र्गतत धनकुटा नगरपालिकाको ६ वटा वडा र छथरजोरपाटी गाउँपालिकाको २ वटा वडा भित्र ५० हजार विरुवा रोप्ने कार्यक्रमको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले समुद्धघाटन गरेका छन् ।
वृक्षरोपण कार्यक्रम जलधार पकेट क्षेत्रमा तिन तरिकाले संचालन गरिने इसिमोडका वन पुनरुत्थान तथा जलवायू विज्ञ ननिव भट्टराईले बताए । वृक्षरोपण गर्दा पानीको मुहान संरक्षण गर्ने जात, दोश्रो जंगली जनवारहरुले खान हुने फलफूलका विरुवा र तेश्रो पशु चौपायको लागि डाले घाँस गरि १९ प्रजातिको विरुवा लगाइने वताइएको छ । विभिन्न प्रजातिका विरुवा ७ दिनसम्म निवुवा–तांखुवा जलधार क्षेत्रको ७ वटा पकेट एरियामा लगाउने गरि कार्यक्रम आयोजना गरिएको विज्ञ भट्टराईले बताएका छन् ।
उनले भने– ‘छथरजोरपाटीको तल्लो एरियामा धुपि, मेन्डला, कल्की, इपिल इपिल, टाँकी लगायतका गरि ५ हजार, धनपा–वडा नं.२ मा अम्वा, सुन्तला, जामुन, चिउरी, खयर लगायत विभिन्न प्रजातिका ६ हजार, ७ सय विरुवा लगाईने छ ।’ त्यसैगरी वडा नं.८ मा विभिन्न प्रजातिका ५ हजार, ५ सय, सुकेपोखरी पकेट क्षेत्रमा पनि ६ हजार, १ सय र वडा नं.३ मा ४ हजार, ३ सय, ५० विरुवा लगाईने छ ।
उता वडा नं.२ को ओक्मालुङ पकेट क्षेत्रमा ७ हजार, ८ सय र ध्वजेडाँडा पकेट एरियामा ८ हजार, ५ सय, ५० विभिन्न प्रजातिका विरुवा लगाउने गरि वृक्षरोपण कार्यक्रम शुरु गरिएको धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासमिय अधिकृत रामबहादुर थापाले बताए । जलधार क्षेत्रको पकेट एरियामा वृक्षरोपण गर्न डिभिजन वन कार्यलय धनकुटाको ४ वटा नर्सरीबाट विभिन्न प्रजातिका विरुवा ३० हजार र जलधार संरक्षण तथा भू–संरक्षण कार्यालय धनकुटाबाट २० हजार गरि ५० हजार विरुवा रोप्ने गरि कार्यक्रम अघि वढाइएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताए ।
एकै पटक तिन वटा कार्यक्रम कार्यन्वयनमा ः
इसिमोडका वन पुनरुत्थान तथा जलवायू विज्ञ ननिव भट्टराईले निवुवा तांखुवा जलधार व्यवस्थानसंगै कार्यान्वयनको चरणमा तिन वटा कार्यक्रम संगै लिएर आएको बताएका छन् । उनले पहिलो चरणमा सरोकारवाला निकाय धनकुटा नगरपालिका, छथरजोरपाटी गाउँपािलका र इसिमोडसंग वसेर कार्यक्रमको विषयमा छलफल भएको बताए ।
छलफलमा कार्यक्रम गर्नको लागि अनुमानित वजेट कति, कार्यक्रमहरु के के गर्न सकिन्छ भनेर कार्यक्रमहरुको र श्रोतको पहिचान गरिएको छ । त्यसैगरी जलधार व्यवस्थापनको लागि स्थानिय तहहरुबाट पनि वजेट विनियोजन भएको र इसिमोडसंगको कृयाकलापहरुसंग मेलखाने गरि कार्यक्रम तय गरिएको अनुगमन अधिकृत कृपा श्रोष्ठले वताईन ।
जस अन्तर्गत स्थानिय सरोकारवालाहरुको क्षमता विकास कसरी गर्न सकिन्छ भनेर संस्थागत रुपमा प्राविधिक सहयोग गर्ने रहेको छ । त्यसका साथै जलधार व्यवस्थापन योजनालाई कार्यान्वयन गर्नको लागि जलधार व्यवस्थापन समितिलाई पुनर्गठन गरिएको छ । साविकको समितिलाई विघटन गरि धनकुटा नगरपालिकाको प्रमुख चिन्तन तामाङ संयोजकत्वमा २४ सदस्यीय निर्देशक समिति गठन गरिएको छ । निर्देशक समितिको सह–संयोजकमा छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा ८ वडाका वडध्यक्षहरु, फेकोफन, महिला संघ संस्थाका प्रतिनिधि,डिविजन वन, जलधार तथा भू–संरक्षण कार्यालय लगायतका अन्य सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरु सहित २४ सदस्यीय निर्देशक समिति गठन गरिएको छ । निर्देशक समितिको मातहतमा रहने गरि छथर जोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुपू प्रसाद आचार्यको संयोजकत्वमा ९ सदस्सीय कार्य समिति (टाक्स फोर्स) समेत गठन गरिएको छ । टाक्स फोर्सको सदस्यहरुमा धनकुटा नगरपालिकाबाट २ जना, डिभिजन वन, जलधार तथा भू–संरक्षण, गैह्र सरकारी संस्था महासंघ लगायतका गरि ९ सदस्यीय समिति रहेको बताइएको छ ।
सात दिने वृक्षरोपण कार्यक्रमको समापन आगामी श्रावण १७ गते इसिमोडका महानिर्देशक डा.पेमा ग्याम्सोको प्रमुख आतिथ्यमा छथरजोरपाटीको ध्वजेडाँडा जलधार पकेट क्षेत्रमा हुने विज्ञ भट्टराईले बताएका छन् । समापन पछि श्रावण १८ गते आयोजना हुने सरोकारवालाहरुसंगको छलफल कार्यक्रम निवुवा–तांखुवा जलधार क्षेत्रको व्यवस्थापनलाई कसरी सफल वनाउने भन्ने विषयमा केन्द्रित रहने छ । जलधार क्षेत्रलाई राम्रो बनाउन छलफलमा स्थानिय सरोकारवालाहरुसंग पालिकाको जिम्मेवारीको विषयमा बढी केन्द्रित हुने बताइएको छ ।
धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले ०७६ साल देखी इसिमोडसंग मिलेर निवुवा खोला र ताङखुवा खोला जलधार क्षेत्रको मुहान संरक्षणको लागी काम गरिरहेका छ । निबुवा तांखुवा जलधार क्षेत्रको ७३ स्क्वायर किलोमिटर क्षेत्रफल भित्र ३५ सय घरधुरीको बसोवास रहेको छ । सो क्षेत्रमा वसोवास सधनताको हिसावले हेर्ने हो भने आदिवासी जनजातिहरुको वाहुल्यता रहेको भएपनि उनीहरुलाई संस्थागत रुपमा सहभागी गराइएको छैन ।
एकिकृत पर्वतिय विकास केन्द्र (इसिमोड) ले दक्षिण एशियाको अफगानिस्तान देखि म्यान्मारसम्म हिन्दुकुस हिमालय रिजनभित्र रहेका ८ वटा देशमा वातवरणको क्षेत्रमा काम गरिरहेको छ । जस अन्तर्गतका देशहरु अफगानिस्तान, पाकिस्तान, चाईना, नेपाल, भारत, भुटान, वंगलादेश र म्यान्मार रहेका छन् । यस रिजनमा १० वटा ठूला ठूला नदीहरु रहेकोले पनि यस क्षेत्रको वातवरण राम्रो बनाउनको लागि इसिमोड संस्थाले काम गरिरहेको बताइएको छ ।