श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत १ गते आइतबार, १५ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको एकादशी तिथि ०९ः२३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र श्रवण ०७ः०० बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः१४ बजे र सूर्यास्त ०६ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको विश्वास गर्दा काम रोकिन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार बढ्नाले मनग्य धनलाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तानको साथले पनि हिम्मत जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हिम्मतले काम बनाउन सकिनेछ। मिहिनेतले अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। समयमा वचन पु¥याउन नसक्दा आलोचित भइनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
 द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्न सक्छ। खर्च हुने डरले सताउन सक्छ। विवादबाट टाढा रहनुहोला।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पु¥याउनु होला।     
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा केही रकम खर्च भए पनि पहिलेको साख जोगाउन सकिनेछ।पहिलेको सफलताले महŒवाकाङ्क्षा बढाउनेछ।