धरान । नेपाली फिल्म लाखेको पोष्टर सार्वजनिक गरिएको छ । फिल्म भदौ ३१ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

सामाजिक सञ्जालमार्फत् पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चारजना मुखौटाधारीका साथमा अर्पण थापाको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा प्रस्तुत गरिएको छ ।

पोष्टरबाट फिल्म सस्पेन्स–थ्रीलर रहेको बुझ्न सकिन्छ । सम्राट बस्नेतद्वारा निर्देशन गरिएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सञ्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, संवाद आकाश बरालले लेखेका हुन ।