श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ २६ गते शुक्रबार, ११ सेप्टेम्बर २०२६, रौद्रनाम संवत्सर। भाद्र कृष्णपक्षको औंसी तिथि ०८ः४२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वफाल्गुनी १४ः१५ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः४७ बजे र सूर्यास्त ०६ः११ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पु¥याउनु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको काम बिग्रनाले परिस्थिति अलि प्रतिकूल रहनेछ। पेसा–व्यवसायमा सोचेको लाभ नउठ्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भङ्ग हुनसक्छ। अरूको लागि उपयोग भइएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महŒवाकाङ्क्षी योजना गोप्य राख्नुहोला। आमा र साथीभाइको माध्यमबाट केही काम बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धाले फाइदा दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसर प्राप्त भए पनि समयको महŒव नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव हुनसक्छ।