धरान/बलिउड क्वीन कंगना रनौतलाई ‘औषधि सेवन गर्ने गरेको’ आरोपमा मुम्बई प्रहरीले अनुसन्धान थाल्ने भएको छ ।

तर, उनले कुन प्रकारको औषधि सेवन गर्थिन् भन्ने विषयमा खुलाइएको छैन । उनीविरुद्ध अध्ययन सुमन नामक एक युवाले विगतमा दिएको अन्तरवार्ताको आधारमा अनुसन्धान गर्ने अधिकार मुम्बई प्रहरीलाई दिइएको छ ।

मुम्बई सरकारले नै मुम्बई प्रहरीलाई जाँच गर्नका लागि अनुमति पनि प्रदान गरिसकेको छ । कंगनाविरुद्ध मुम्बईको बीएमसीले सूचना दिएपछि महाराष्ट्र सरकारले यो मुद्दाको जाँचका लागि मुम्बई प्रहरीलाई जिम्मा दिएको छ ।

भारतको समाचार एजेन्सी एएनआइका अनुसार मुम्बईका गृहमन्त्री अनिल देशमुखले बीएमसीले कंगनाविरुद्ध सूचना दिएको पुष्टि गरेको आउटलुकले जनाएको छ ।