आस्था र क्रिसलाई लिटल कोशीको उपाधि

alt
  • कार्तिक १९, २०७६
  • अनिल श्रेष्ठ

विराटनगर / इनरुवाकी १२ वर्षीय आस्था राजभण्डारी र धनकुटाका १४ वर्षीय क्रिस चेम्जोङ्गले मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि जितेका छन् । अस्थाले मिस र क्रिसले मिस्टरतर्फको बिजेता घोषित भएका हुन् ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा इटहरीमा सोमबार सम्पन्न भएको मिसतर्फको फस्ट रनरअप विराटनगरकी ७ वर्षीय अग्रिम खतिवडा तथा सेकेण्ड रनरअप इनरुवाकी १३ वर्षिय सृष्टि श्रेष्ठ घोषित भइन् । प्रतियोगिताको ‘अर्गनाइजर च्वाइस’ इनरुवाकी १५ वर्षीय एलिना गुरुङ्ग तथा सर्वोउत्कृष्ट पनि इनरुवाकै स्मृति विश्वकर्मा घोषित भइन् । बिजेताले जनही नगद ३० हजार रुपैयाँ साथै आकर्षक ट्रफि प्राप्त गरेका थिए ।
मिस्टरतर्फको फस्ट रनरअप इनरुवाका १३ वर्षिय आर्यन कर्ण र सेकेण्ड रनरअप इनरुवाकै १४ वर्षिय समय सुब्बा भए । स्कूले विद्यार्थीहरूको प्रतिभा उजार गर्नुको साथै व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनलमा २९ जना प्रतियोगिहरू पुगेको जय मिडिया म्यानिजमेन्ट प्रालिका निर्देशक जयराज रायले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरूमा अभिनेता सलोन बस्नेत, मिस कोशीकी बिजेता रेखा कार्की, मिसेस कोशीको बिजेता रेनुका लिम्बु र व्यवसायी रोशन घिमिरे रहेका थिए ।

कोराेना संक्रमणः भार ...

धरान  / भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सं ...

मान्छेको रिस माछामाथ ...

गणेश कुमार ठाकुर सिरहा / अपरिचित व्यक्तिले मा ...

ग्रामथान थारूको मात् ...

कालाबन्जार । प्रदेश १ सांसद् भीम आचार्यले ग्रामथानहरू क ...

बिहारमा शंकास्पद मृत ...

धरान । भारत बिहार राज्यको सीतामडी जिल्लामा बिहे भएकी धर ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved