धरान । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको विमान हेलिकोप्टरमा ठोक्किदा मानवीय क्षति भएको जनाइएको छ ।

समीट एयरको विमान अवतरणको क्रममा रोकिराखेको मनाङ एयरको हेलिकोप्टर ठोक्किदा मानवीय क्षति भएको बताइएको छ । दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे खबर छ । तीन जना घाइते बनेका छन् । घाइतेकाे उद्धार गरी उपचारकाे लागि काठमाडाैं लगिँदै छ । 

प्रत्यक्षदर्शीका अनुसार लुक्ला विमानस्थलमा रोकिराखेको हेलीमाथि समीटको विमान ठोक्किएको हो । यसलाई सगरमाथाको प्रवेशद्वार विमानस्थलको रूपमा लिइन्छ । अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले पनि लुक्ला विमानस्थलमा चाप बबेको छ ।

पूर्ण विवरण आउन बाँकी रहेको छ ।