काठमाडौं । सामसङ नेपालले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा स्मार्ट घर स्मार्ट सुरुवात भन्ने अभियान घोषणा गरेको छ । कम्पनीले २४ महिनासम्मको योजना, आकर्षक छुट र पक्का उपहारसहित नयाँ वर्ष लक्षित विशेष अफर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुनेछ । सामसङले वासिङ मेसिन, रेफ्रिजरेटरलगायतको सामानमा विशेष छुट व्यवस्था गरेको छ ।
यसैगरी, ग्राहकहरूले आफ्ना पुराना उपकरण साटेर नयाँ खरिद गर्नसक्ने एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
































