काठमाडौँ । फिल्म ‘नाक्छोङ’ (बिजुवा) हङ्कङमा प्रदर्शन हुने भएको छ ।

किरात राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्यमान्यतामा आधारित नेपाली फिल्म अप्रिल ५ मा हङ्कङमा प्रदर्शन हुने भएको हो । किरात राई यायोक्खा हङ्कङको मुख्य आयोजना र यस संस्थासँग आबद्ध ८ वटा भाषिक संस्थाहरूको सहआयोजनामा फिल्म प्रदर्शनी हुन लागेको निर्माता ज्योतिराज राईले बताए ।

फिल्मका निर्देशक किरण राई हुन् । उनले यसअघि ‘लुङ्गा’ र ‘जिउपंचौ’ जस्ता फिल्महरू निर्देशन गरिसकेका छन् । फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुम्बाङ, सारा राई, तायाहाङ राई, अनुशा राई, सरोज राई, उत्तम राईलगायतका कलाकारहरूको सशक्त अभिनय छ ।