श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत १८ गते बुधबार, १ अप्रिल २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र शुक्लपक्षको चतुर्दशी तिथि ०१ः२८ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र उत्तरफाल्गुनी ०५ः२७ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः५३ बजे र सूर्यास्त ०६ः२१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक सुख–सुविधा प्राप्त हुनेछ। घरेलु प्रयोजनका सामान जुटाउन सकिनेछ। व्यवसायमा केही लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चिताएको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्नेछ। अल्छी गर्ने बानीले काम अधुरो रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तत्काल ठूलो फाइदा नदेखिए पनि मान–सम्मान प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौतीका बावजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्।
































