विजयपुर । प्रहरी जवान बिष्णुमाया गोले फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा भएकी छन् ।
कोशी प्रदेश प्रहरी गण, विराटनगरमा कार्यरत गोले “महिनाको उत्कृष्ट प्रहरी” घोषित भएकी हुन । उनको उत्कृष्ट कार्यसम्पादन, अनुशासन, जिम्मेवारीप्रति प्रतिबद्धता तथा उच्च मनोबलका साथ सेवा प्रदान गरेकाले सम्मान प्रदान गरिएको हो । गोलेले विभागीय नीति–निर्देशनको पालना गर्दै आफ्नो कर्तव्य कुशलतापूर्वक निर्वाह गर्नुका साथै विपद् तथा अन्य संवेदनशील परिस्थितिमा समेत सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उत्कृष्ट कार्यको मूल्यांकन गर्दै उनलाई उक्त उपाधि प्रदान गरिएको हो ।
































