धरान । सुनसरीको धरान उपमहानगरपालिका–२० बरबोटेस्थित खैरे जङ्गलबाट बेवारिसे अवस्थाामा एक थान भरुवा बन्दुक बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बिहान बन्दुक बरामद गरेको हो ।

बन्दुक कसले कुन प्रयोजनका लागि राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्दुकमा रहेको नम्बरका आधारमा खोजी गरिने जनाइएको छ । यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।