उदयपुर/उदयपुरमा एक युवाले स्थानिय जातको कुखुरा व्यावसायबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्दै आएको छ । त्रियुगा नगरपालिका-४ बगाहाका दिनेश निरौलाले स्थानिय जातका कुखुरा व्यावसायबाट विदेशमा भन्दा राम्रो आम्दानी गर्दै आएको हो ।
७ वर्ष विदेशमा कमाएको पैसा भन्दा स्थानिय जातको कुखुरा फार्मबाट नै छोटो अवधिमा राम्रो आम्दानी गर्दै आएको छ । कतार र साउदीको तातो घाममा काम गरेर गाउँ फर्किएको निरौलाले कुखुरा व्यावसायबाट सोचे भन्दा राम्रो आम्दानी गर्न सफल भएको बताए ।
कुनै पनि काम ठुलो सानो नहुने र जहा पनि परिश्रम र मेहनत नै गर्नु पर्ने निरौलाले बताए । थोरै पम्परागत व्यावसायलाई परिवर्तन गरे मात्रै पुग्ने रहेछ उनले बताए । विशेष गरि विदेशबाट घर फर्केका निरौलाले स्थानिय जातका कुखुराको मासु र अण्डा उत्पादन गर्ने उद्देश्यले फर्म खोलेको बताए ।
सबै कुरामा रासायनीक मिसा र बोईलर कुखुराको मासु अण्डा भन्दा मानिसहरुले स्थानिय जातको कुखुराको मासु र अण्डा प्रति आकर्षीत भएकाले फर्म खोली व्यावसाय गरको निरौलाले बताए । विदेशमा भन्दा थोरै परिश्रममा नै धेरै कमाइ गर्न सकिने निरौलाले बताए ।
गत असारमा खोर बनाई नमुना लोकल कुखुरा फर्म दर्ता गरि स्थानिय जातको कुखुरा व्यावसायको सुरुवात गरेको थियो । ६ मिहना अगाडी देखि सुरुवात गरेको कुखुरा व्यावसायबाट करिब एक लाख ७० हजार आम्दानी गरि सकेको निरौलाले बताए ।
छोटो समयमा सोचेको भन्दा राम्रो आम्दानी गर्न सफल भएपछि उत्साह थपिएको छ । अहिले सम्म मासुबाट मात्रै करिब एक लाख ५० हजार र अण्डाबाट २० हजार आम्दानी गरि सकेको निरौलाले बताए । विभिन्न प्रजातीको माउ, भाले र चच्ला कुखुराहरु करिब ५ सय ५० बटा रहेको निरौलाले बताए । ्फर
र्ममा लुईचे, दुम्सिे, घाँटी खुईले, जातका परम्परा देखि पालिआएको स्थानिय जातको कुखुरा रहेको निरौला बताए ।
जिल्लामा ब्रोईलर, लेयर्स र गिरिराज प्रजातीको कुखुरा पालनले स्थानिय जातको कुखुरा लोप हुने अवस्थामा पुगि सकेको थियो । मानिसहरुको माग स्थानिय जातको कुखुराको भएपनि खासै कसैले पनि व्यावसायीक रुपमा स्थानिय प्रजातिको कुखुरा पालन नगरेको निरौलाले बताए ।
बजार मागलाई मध्ये नजर राख्दै खोर निर्माण, कुखुरा देखि फर्म दर्ता सम्ममा करिब ५ लाख निजि लगानिमा थालिएको फर्मबाट राम्रो आम्दानी गर्न सफल भएको निरौलाले बताए । करिब १० कठ्ठा जग्गामा कुखुराले अण्डा पर्ने देखि चल्ला निकाल्ने प्रक्रिया (ओथारो बस्ने) र कुखुरा चर्ने वा चल्ला चराउने सवै अलग अलग कोठाको व्यावस्था गरिएको निरौलाले बताए ।
आधुनिक खोरमा अझ व्यावस्थीत खोर निर्माण गर्न र स्वास्थ्यकर मासु अण्डा उत्पान गर्न सरकारी सहयोग भए प्रभावकारी हुने निरौलाले बताए । बजारमा ब्रोइलको मासु भन्दा दोब्बर मुल्यमा विक्रि हुने भएपनि माग अझ बढ्दै गएको निरौलाले बताए ।
स्थानिय जातका कुखुराको मासु प्रति केजी ७ सय रुपैया विक्रि हुने गर्दछ । तर पनि बजारमा मासुको माग अत्याधिक रहेको निरौलाले बताए ।
स्थानिय सरकारले दुध, मासु र अण्डामा नगर आत्मनिर्भर बनाउने लक्ष्यका साथ पशु तथा कुखुरा पालनका लागि प्रोत्साहित गर्न ब्यवसायीहरुलाई गोठ, खोर निर्माण तथा सुधारका लागि आर्थिक अनुदानको ब्यवस्था गर्न लागेको छ ।