नायिका प्रियंका कार्कीलाई हाँस्य कलाकार हरिवंश आचार्यले हलिउड नायिका जस्ती भने । शनिबार प्रियंकाकै अगाडि हरिवंशले यसो भनिरहँदा नायिका मख्ख परिन् । नायिका कार्कीका फेसन स्टाइल र शैली धेरैका लागि आइकन समेत बनेका छन् ।

चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै चर्चाको शिखरमा पुगेकी नायिका कार्की अहिले ठूला ब्यानरका चलचित्रमा फिट छिन् । आफ्नो भूमिका भन्दा पनि उनी, ठूला ब्यानरका चलचित्रमा अनुवन्धित भएर काम गर्न नै खुशी छिन् ।

यसैले, उनका डेढ महिनामा ३ वटा चलचित्र रिलिज हुँदैछन्, ती पनि सबै आशा गरिएका । बर्षमा हिट हुने अधिकांश ठूला ब्यानरका चलचित्रमा पि्रयंका नै नायिका हुन्छिन् । उनको काम गर्ने यो स्टाइल गज्जबको छ । काम गर्ने मात्र होइन, पहिरन र स्टाइलमा पनि उनी अरुभन्दा फरक छिन् ।