धरान/प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुले वैज्ञानिक अध्ययन विनै ह्चुवाको भरमा ‘राजधानीकाे’ आ–आफ्नै डम्फू बजाइरहेका छन् ।

‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचन’ लाई लक्षित गर्दै सुनसरी क्षेत्र नम्बर–१ मा बाम गठबन्धनले मंसिर ४ गते धरानलाई प्रदेश नम्बर एकको राजधानी बनाउन पहल गरिने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक ग¥यो । बामगठबन्धनले प्रतिवद्धता पत्रको पहिलो प्राथमिकतामै प्रदेश १ को राजधानीलाई राख्यो । जसमा लेखियो, ‘सबै दृष्टिकोणबाट पूर्वाधार सम्पन्न भौगोलिक अनुकुलता भएको धरान क्षेत्रलाई प्रदेश नम्बर १ को राजधानी बनाउन पहल गरिने छ ।’
बामगठबन्धनले मात्रै हैन, धरानमै लोकतान्त्रिक गठबन्धनले कात्तिक २६ गते गरेको पत्रकार सम्मेलनमा पनि उस्तै गरी प्रतिवद्धता पत्र सार्वजनिक ग¥यो । उसले पनि धरान रहेक हिसावमा राजधानी हुन सक्ने कुरालाई इंगित गरेको थियो । ब्लाष्टसँगको अन्र्तवार्तामा बामगठबन्धनबाट प्रदेश तर्फ मोरङ ४ (ख) का उम्मेदवार जीवन घिमिरे पनि राजधानी ‘विराटनगर’ उपयुक्त हुने दाबी गरेका छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका विजयकुमार गच्छदारले बर्जु गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ‘इटहरी’ राजधानी बनाउन पहल गर्ने उद्घोष गर्दै जनतासँग मत मागे ।
यसैगरी धनकुटाबाट चुनाव लडिरहेका सुनिलबहादुर थापाले पनि ‘धनकुटा’ प्रदेश १ को राजधानी हुन सक्ने दाबी गर्दै आइरहेका छन् । तर, जति उम्मेदवारहरुले राजधानीको लागि दाबी गरिरहेका छन् त्यसको बैज्ञानिक आधार र गतिलो तर्क भने देखिदैन । मतदातासँग कसरी मत तान्न सकिन्छ भन्ने उद्देश्यले मात्रै ‘राजधानी’ को नारा लगाइरहेको प्रष्ट हुन्छ । राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘मत माग्नलाई मात्रै हो । त्यो फोगटिया हो । त्यसको बैज्ञानिक तर्क छैन । धनकुटा एक्लै कहाँ राजधानी हुन्छ ?’ जवकी राज्य पुनर्संरचना आयोगले गरेको एक अध्ययनले पनि राजधानीको लागि किटानी गर्न सकेन । उसले पनि सुनसरी, धनकुटा र मोरङलाई प्राथमिकतामा राख्दै प्रतिवेदन बुझायो ।
राजधानी दाबी गरिरहेको प्रदेश १ को विराटनगर, इटहरी, धरान र धनकुटाको सरकारी भौतिक संरचनाको अवस्था के छ भनेर सहरी विकास तथा भवन निर्माण डिभिजनले गरेको अध्ययनमा धनकुटामा सबैभन्दा बढी सरकारी भौतिक संरचना रहेको प्रतिवेदन निकाल्यो । जहाँ १५ वटा सरकारी भौतिक संरचना रहेको छ । त्यस्तै विरानटनगरमा ११ वटा, धरानमा ६ वटा र इटहरीमा ५ वटा भौतिक संरचना रहेको प्रतिवेदन सहरी विकास मन्त्रालयमा पठाएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख राजेन्द्र खतिवडाले बताएका छन् ।
राजधानी हुनको लागि भौगोलिक रुपमा मध्यभाग, यातायातको सुगमता, भौतिक पूर्वाधार, प्रशासनिक पहुँच, सुरक्षा, एतिहासिक महत्वलगायतलाई हेर्नुपर्ने तर्क धरानका बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले आफ्नो लेखमा गरेका छन् । ‘सबै आधारहरुलाई हेर्ने हो भने चारवटा सहरमध्ये कुनै एउटा सहर सबै आधारका हिसावले ठीक भन्ने अवस्था देखिदैन ।’ उनले लेखेका छन् । उनको लेख ‘१ नम्बर प्रदेशको राजधानी र प्रदेशको सन्तुलित विकास’ मा राजधानी दाबी गरिरहेका सहरहरु कुनै हिसावले उपयुक्त छ भने कुनै हिसावले अनपयुक्त रहेको तर्क गरेका छन् ।
उनको लेखको आशयलाई अध्ययन गर्ने हो भने अहिलेका प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरुले भोट माग्नको लागि मात्रै राजधानीको तर्क गरेको प्रतित हुन्छ । यता राजनीतिक विश्लेषक खतिवडाका अनुसार सहरलाई नयाँ डिजाइन गरेर अघि बढेमा मात्रै राजधानी सम्भव हुन्छ । कुनै पनि प्रदेशको राजधानी बन्नको लागि तीनवटा आधारहरु हुन्छन् । एउटा त्यो प्रदेशको सबैभन्दा ठूलो सहर जहाँ बनिबनाउ पूर्वाधारहरु छन् । दोस्रो त्यो प्रदेशको मध्यभाग र तेस्रो भावी सम्भावनालाई मध्यनजर गरेर नयाँ सहरको संरचना निर्माण गर्न सक्नु पर्छ । ‘त्यो हिसावमा अहिले दाबी गरिरहेका कुनै पनि सहरहरु उपयुक्त छैनन् । नयाँ बिकास गरेर जानु पर्छ ।’ विश्लेषक खतिवडा तर्क गर्छन्, ‘धनकुटा, इटहरी कि बिराटनगर बनेर झगडा गरिरहेका छन् । हाम्रा उम्मेदवारहरुले ओभरअल कन्सेप्ट लिएर अघि बढ्नु प¥यो ।’