[caption id="attachment_61032" align="alignleft" width="300"] प्रतिनिधि सभा सदस्य उम्मेद्वार भीष्मराज आङदेम्बे (लोकतान्त्रिक गठबन्धन)[/caption] [caption id="attachment_61031" align="alignleft" width="167"] प्रतिनिधि सभा सदस्य उम्मेद्वार वशन्त कुमार नेम्बाङ (बाम गठबन्धन)[/caption]

पाँचथर/ पहिलो चरणमा हुने प्रतिनिधि सभा दसस्य र प्रदेश सभा सदस्य निर्बाचन आउँन एक हप्ता बाँकि हुँदा जिल्लाको चुनाबी मैदान तातिएको छ । दल र उम्मेद्वार चुनाबी अभियानको अन्तिम चरणमा जुटिरहेका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई निर्बाचन क्षेत्र रहेको पाँचथरमा अन्ततः लोकतान्त्रिक र बाम गठबन्धनबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ । जिल्लामा जनमतको पल्ला कसको पक्षमा भारी होला भन्ने बहस समेत सुरु भएको छ । प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका काँग्रेश केन्द्रीय सदस्य तथा पूर्व सांसद भीष्मराज आङदेम्बे र बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमाले केन्द्रका उर्जा विभाग सचिव तथा पूर्व सांसद वशन्त कुमार नेम्बाङ दुबैले आफ्नो जीत सुनिश्चित रहेको दाबि गरेका छन् ।

आङदेम्बेले दोस्रो संबिधान सभा निर्बाचनमा पाँचथर क्षेत्र नम्बर दुईबाट जिल्लामा स्वर्गिय नेता पद्मसुन्दर लाओती पछि सबैभन्दा धेरै पल्ट चुनाब जितेका एमालेका डम्बरसिंह सम्बाहाम्फेलाई पहिलो पल्ट पराजीत गरेका थिए । सभाषद हुँदै रुपान्तरित ब्यवस्थापिका संसदको सांसद हुँदा संबिधान जारी गर्ने र जिल्लाको बिकासमा आफूले महत्वपूर्ण भूमिका निर्बाह गरेकाले जनताले आफूलाई रोज्ने आङदेम्बेको दाबि छ । सभाषद हुँदै सांसद हुँदा सुरु गरेका कामहरुलाई पूर्णता दिन र लोकतन्त्रको रक्षाका लागि पनि आफूले जित्न आवस्यक रहेको आङदेम्बे बताउँछन् । जुन कुरा पाँचथरबासीले राम्ररी बुझेको हुँदा यसपल्ट आफू बिजयी हुने आङदेम्बेको जिकिर छ ।

२०५६ को आम निर्बाचनमा पाँचथर क्षेत्र नम्बर एकबाट काँग्रेस उम्मेद्वार दीपक प्रकाश बाँस्कोटालाई पराजीत गरेर सांसद बनेका वशन्त कुमार नेम्बाङ सिंगो मुलुक नै बाम गठबन्धनको पक्षमा रहेकाले आफूले जित्ने दाबि गर्छन् । बिगतमा आफू सांसद हुँदा जिल्लाको भौतिक पूर्वाधार बिकास र जनताहरुको जनजीबिकाको सवालमा गरेको कामको आधारमा आफू बिजयी हुने नेम्बाङ बताउँछन् । उर्जा क्षेत्रको बिकासमा आफूले गरेको काम सबैलाई थाहा भएको र ७६२ मेगावाट क्षमताको तमोर जलासययुक्त जलबिद्युत आयोजनाको सरोकार समिति आफ्नै पहलमा बनेको भन्दै आफू बिजयी पछि उज्यालो पाँचथर बनाएर देखाउँने नेम्बाङको भनाई छ ।

जिल्लामा आङदेम्बे र नेम्बाङ दुबै जना प्रभावशाली नेता मानिन्छन् । पार्टी केन्द्रमा पनि दुबै नेताको प्रभाव र लोकप्रियता उस्तै देखिन्छ । त्यसैले दुईमध्ये कस्ले जित्छ भनेर अहिले नै पूर्वानुमान लगाउँन गाह्रो रहेको बताइन्छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य आङदेम्बे यसअघि संसदको उद्योग, वाणिज्य तथा उपभोक्ताह कह, हित संरक्षण समितिका सभापति थिए । त्यस्तै एमाले केन्द्रका उर्जा विभाग सचिव नेम्बाङ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार बनेका थिए । यसअघि सम्पन्न स्थानीय तहको निर्बाचनमा भने पाँचथरमा काँग्रेसले चार, एमालेले तीन र माओवादी केन्द्रले एक तह जितेका छन् । क्षेत्र नम्बर एक अन्तर्गत रहेको याङवरक र हिलिहाङ गाउँपालिका एमालेले जितेको छ । काँग्रेसले फालेलुङ गाउँपालिका र फिदिम नगरपालिका जितेको छ ।

तर नगरपालिकाको ५, ६ र ९ नम्बर वडा भने क्षेत्र नम्बर दुईमा पर्छ । त्यस्तै क्षेत्र नम्बर दुईको फाल्गुनन्द र तुम्बेवा गाउँपालिका काँग्रेसले, कुम्मायक गाउँपालिका एमालेले र मिक्लाजुङ गाउँपालिका माओवादी केन्द्रले जितेको छ । अहिले स्थानीय तह भन्दा आठ हजार पाँच सय ७७ मतदाता थपिएर जिल्लाको कूल मतदाता संख्या एक लाख २५ हजार दुई सय १९ पुगेको छ । जिल्लामा एक सय एक मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् ।

प्रदेश सभाको प्रतिश्पर्धा अझ रोचक दुई निर्बाचन क्षेत्र रहेको जिल्लाको प्रदेश सभाको चुनाबी भिडन्त अझ रोचक हुने देखिएको छ । जिल्लाको निर्बाचन क्षेत्र नम्बर एकबाट लोकतान्त्रिक गठबन्धनले काँग्रेस जिल्ला सभापति नरेन्द्र कुमार केरुङ र बाम गठबन्धनले पूर्व सांसद गणेश कुमार काम्बाङलाई चुनाबी मैदानमा उतारेको छ । दोस्रो संबिधान सभा निर्बाचनमा पनि काम्बाङ–केरुङ नै प्रतिद्धन्दी थिए । अझ रोकक पक्ष के छ भने पाँचथरको चुनाबी इतिहासमा क्षेत्र नम्बर एकबाट हालसम्म कुनै उम्मेद्वारले पनि लगातार दुई पल्ट बिजय हाँसिल गर्न सकेका छैनन् । चुनाबी खेलका डिफेन्डिङ च्याम्पियन काम्बाङ यसपल्ट त्यो इतिहासलाई तोड्ने मनोबलकासाथ चुनाबी मैदानमा उत्रिएका छन् । केरुङ भने अघिल्लोपल्टको हारको बदला लिने रणनीतिकासाथ चुनाबी अभियानमा जुटेका छन् ।

जिल्लाको निर्बाचन क्षेत्र नम्बर दुईमा दुबै गठबन्धनका उम्मेद्वार नयाँ अनुहार छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेस महासमिति सदस्य सुरेन्द्र कुमार दाहाल र बाम गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका स्थायी समिति सदस्य इन्द्र आङ्बो मौसमको यो पहिलो चुनाबी आमने–समाने हो । त्यसैले दाहाल–आङबो बीचको प्रतिश्पर्धा पनि रोचक हुनेछ । दाहाल जिल्लाका पाका र शालिन व्यक्तित्व भएका काँग्रेस नेताको रुपमा चिनिन्छन् । माओवादी शशस्त्र द्धन्द चलिरहेकै बेला सैन्य फाँट बाट राजनीतिक विभागमा आएका आङ्बो युवा राजनीतिक व्यक्तित्व हुन् । दुबै उम्मेद्वार आफूले जित्ने दाबि सहित अन्तिम चरणको चुनाबी अभियानमा जुटेका छन् ।