विराटनगर/ एउटै निर्वाचन क्षेत्रमा प्रभावशाली नेता मैदानमा उत्रिएपछि चासो केन्द्रको रुपमा हेरिएको छ, मोरङ ६ नम्बर क्षेत्र । फरकफरक पार्टीबाट आएका दुई भेट्रान उम्मेदवारीबीचको प्रतिस्पर्धालाई जिल्लाबासीले चासोको क्षेत्रका रुपमा हेरका छन् ।

[caption id="attachment_60890" align="alignleft" width="300"] लालबाबु पण्डित[/caption] [caption id="attachment_60891" align="alignleft" width="220"] शेखर कोइराला[/caption]

कांग्रेस संस्थापक नेता बीपीका भाइका छोरा शेखरलाई कोइराला परिवारकै छविले सहज बनाएको छ भने सामान्य प्रशासन मन्त्री भएका बेला डीभी र पीआर लिएका कर्मचारीलाई कारबाही गरेबापत राष्ट्रिय चर्चा कमाएकोले पण्डित बिचको प्रतिस्पर्धाले यो क्षेत्रलाई तताएको छ । कोइराला परिवारको राजनीतिलाई निरन्तरता दिई आएका शेखरलाई मधेसी समुदायबाट आएका पण्डितबीच देखिएको प्रतिस्पर्धा रोचक छ । यी दुई नेता मतदाताको मन जित्न कम्मर कसेर निर्वाचन क्षेत्रमा होमिएका छन् । दुवै नेता जित्ने दाबी गर्दै दिनरात मतदाताको घरआगमान पुग्ने गरेका छन् । कोइरालाको राजनीतिक उद्गम थलो विराटनगरमा आफ्नो विरासत कायम राख्न शेखर लागिपरेका छन् । पछिल्ला दुई निर्वाचनमा काँग्रेसबाट कोइरालाले जित हासिल गर्दा पनि सो क्षेत्रको विकासले निमार्णले गति नपाएको भन्दै मतदाताले यसपटक विकल्प खोजीहरुका छन् ।

बुढीगंग गाउँपालिका, विराटनगर महानगरपालिको ४, ५, ६, ७, ९, ११, १२ र सुन्दरहरैचा नगरपालिको २, ३, ४, ५, ६, ७ नम्बर वडा समावेश गरी मोरङ क्षेत्र नम्बर ६ कायम गरिएको छ । स्थानिय तहको मत परिणको अनुसार काँग्रेस १ हजार ६ सय १७ मतले अगाडी छ । कांग्रेस र लोकतान्त्रिक फोरम २७, हजार ९ सय ९७, वाम गठबन्धन २६ हजार ३ सय ८० मत स्थानिय तहको निर्वाचननमा आएको थियो । सो निर्वाचन क्षेत्रमा अहिले थप भएको सहित १ लाख १० हजार ३ सय १० मतदाता रहेको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरको अभिलेखमा देखिन्छ । दुवैको साझा एण्जेडा विराटनगरलाई राजधानी बनाउने दुवै नेताले विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउने साझा एण्जेडा लिएर अहिले मतदाता समक्ष पुग्ने गरेका छन् । साधा जीवनशैलीका राजनीतिज्ञको छवि बनाएका पण्डितले विराटनगरलाई प्रदेशको राजधानी बनाउँदै ग्रेटर बिराटनगरको योजना लिएर चुनावी मैदानमा उत्रिएका छन् । पण्डित बिराटनगरलाई महानगर बनाउन चाहने र नचाहने शक्तिबीचको लडाइँ क्षेत्र नं ६ मै भएको बताउँछन् ।

विराटनगरदेखि चिनियाँ नाकासम्म जोड्ने किमाथाङसम्मको कोशी राजमार्गको निर्माणमा तिव्रता दिने पण्डितको जुनावी एजेन्डा छ । बोर्डमा मात्र महानगर लेखिएको बिराटनगरलाई बास्तविक महानगर बनाउने उनको योजना छ । विराटनगरदेखि चिनियाँ नाकासम्म जोड्ने किमाथाङसम्मको कोशी राजमार्गको निर्माणमा तिव्रता दिने पण्डितले बताएका छन् । साथै बिराटनगर रिङरोडलाई स्तरोन्नति गर्ने योजना उनले अघि सारेका छन् । बर्षाको समयमा विराटनगरमा डुवान हुने गरेकाले रिङरोडलाई बाँधका रुपमा पनि विकास गर्ने उनको योजना छ । विराटनगर वा आसपासको क्षेत्रमा क्यान्सर र मूटु रोगको उपचार गर्ने अस्पताल र विराटनगरमा भ्यू टावर निर्माण गर्ने उनको एजेण्डा छ । विकासमा पछि परेको विराटनगरलाई औद्योगिक नगरीका रुपमा विकास गर्दै रोजगारको अवसर सिर्जना गर्नुका साथै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने र सुकुम्बासी समस्या समाधान गर्ने पण्डितका चुनावी एजेण्डामा समावेश गरेका छन् ।

कोइरालाले सडक, खानेपानी, सामुदायिक भवन, रोजगार, नदी नियन्त्रण र सुकुम्बासी समस्या सामधानको एजेण्डा अघि सारेका छन् । पाँच वर्षभित्र क्षेत्र नं ६ का सबै सडक कालोपत्रे गर्ने उनको योजना छ । प्रत्येक वडामा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्ने उनले बताएका छन् । त्यसैगरी स्वच्छ खानेपानी वितरण गर्दै नदी नियन्त्रण गर्ने, बिराटनगर महागनगरलाई प्रदेशको राजधानी बनाउने एजेण्डा पनि कोइरालाले अघि सारेका छन् । त्यस्तै सामुदायिक विद्यालयबाट एसईईमा ७५ प्रतिशत भन्दा बढी अंक ल्याउने विद्यार्थीलाई ल्यापटप दिने डा. शेखर कोइरालाको योजना छ । त्यसैगरी एक घर एक रोजगारीको व्यवस्था गर्ने, आदिबासी जनजाति मुस्लिम समुदायको संस्कृति झल्कने संग्रहालय निर्माण गर्ने योजना कोइरालाले अघि सारेका छन् ।