पाँचथर/ विभिन्न प्रकारका औषधी बनाउन प्रयोग हुने बहुउपयोगी जडिबुटी चिराइतोले भनेजस्तो मूल्य नपाउँदा पाँचथरका कृषक चिन्तित बनेका छन् । जिल्लामा चिराइतोको उत्पादन बढेपनि विगतको जस्तो मूल्य नपाउँदा कृषकमा चिन्ता बढेको हो ।
गत वर्ष २५ हजार रुपैयाँ प्रतिमनसम्ममा बिक्री भएको चिराइतोको मूल्य यो वर्ष १२ हजार प्रतिमनभन्दा माथि उक्लिन नसकेको सिदिनका कृषक प्रदीप राईले बताए । विगतका वर्षहरुमा राम्रै मूल्यमा बिक्री भएको चिराइतोको दाम यसपटक सोचेजस्तो नहुँदा आप्mनो परिश्रम खेर गएको सिदिनकै कृषक दीपक राईले गुनासो पोखे । विभिन्न रोगले अलैँची मर्दै गएपछि सो क्षेत्रका कृषक चिराइतो खेतीतर्पm लागेको राईले बताए ।
अन्य खेतीभन्दा कम मेहनत र मूल्य पनि राम्रै आउने भएपछि कृषकहरु व्यावसायिक रुपमै चिराइतो खेतीमा लागेका हुन् । तर यसपल्टको बजार भाउले भने आपूmहरुलाई निराश बनाएको प्राङबुङका कृषक देउप्रकाश तामाङले बताए । यता कुरुम्बाका चिराइतो उत्पादक कृषक धनहाङ लावतीको पनि उही गुनासो छ । आप्mनो उत्पादनले उचित मूल्य नपाउँदा चिन्ता बढेको लावतीले बताए ।
यता व्यवसायी भने चिराइतोले राम्रो मूल्य नपाउनुमा मागको तुलनामा उत्पादन बढी हुनु मुख्य कारण भएको बताउँछन् । पाँचथरमा मात्र १५ सय ट्रकभन्दा बढी चिराइतो उत्पादन भएको व्यवसायी धनबहादुर राईले बताए । यस्तै गत वर्ष जिल्लामा १७ हजार ३ सय ७० केजी चिराइतो उत्पादन भएको जिल्ला वन कार्यालय पाँचथरले जनाएको छ ।
१५ सयदेखि २८ सय मिटर उचाइमा हुने चिराइतो पाँचथरको उच्च पहाडी क्षेत्र सिदिन, प्राङबुङ, मेमेङ, च्याङथापू, लुङ्रुपा, रानीटार, पौवासारताप, चिलिङदेन, सराङडाँडा र कुरुम्बा लगायतका गाविसमा बढी उत्पादन हुने गरेको छ । केही वर्षअघि दीपज्योति युवा क्लब सिदिनले व्यावसायिक चिराइतो खेती सम्बन्धी तालिम दिएसँगै जिल्लामा व्यावसायिक चिराइतो खेती गर्ने बढेका हुन् । राज्यले बजार प्रबद्र्धन गरी चिराइतो उत्पादक कृषकलाई प्रोत्साहित गर्नुपर्ने दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनील बान्तावा बताउँछन् ।