Trending Tags

मनोरञ्जन

    Showing ६१-७० of ३,१५५ items.
  • अभिनेता जोशी ‘लन्डनदेखि पेरिससम्म’ साइकल यात्रा

    धरान । अभिनेता बिक्रमडि जोशी धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कले सञ्चालनमा ल्याएको अनाथालयलाई आर्थिक सहयोग जुटाउन ‘लन्डन टु पेरिस च्यारिटी राइड’ गर्ने भएका छन् ।उनले करिब ३ सय ८७ किलोमिटर दूरी साइकलबाटै पूरा गर्ने जनाइएको छ । आउँदो शुक्रबार ६ जना नेपाली साथीहरूसहित च्यारिटी राइड गर्न लागिएको उनले जनाए । चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउनका लागि च्यारिटी राइड गर्न लागिएको जनाइएको छ । जोशीले ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्ममा अभियन गरिसकेका छन् । साइकल यात्रा टिममा जोशीसहित सुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनिल कार्की र लक्ष्मण गुरुङ र

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • ४८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘हाङ्नान्द’ छायाङ्कन जेठ ४ देखि

    धरान । लिम्बू संस्कृतिमा आधारित नेपाली फिल्म ‘हाङ्नान्द’ निर्माण गरिने भएको छ ।फिल्मको छायाङ्कन जेठ ४ गतेदेखि सुरु गरिने निर्माण युनिटले आइतबार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ‘हाङ्नान्द’ को शाब्दिक अर्थ ‘विजयी राजा’ भन्ने हुन्छ । फिल्मलाई मौलिक तथा कथानकअनुसारको निर्माण गर्न अधिकांश कलाकार पनि लिम्बू समुदायबाटै रहेका छन् । कलाकार एवम् लेखक हेमन्तकृष्ण पन्धाकले भने, ‘अरू समुदायका कलाकारहरूले लिम्बू कल्चर, मुन्धुमलाई बुझ्न र भूमिका निभाउन गाह्रो हुन्छ । त्यसकारण कलाकारहरू लिम्बू समुदायबाटै राखेका छौं ।’ फिल्म करिब २० दिनभित्र छायाङ्कन पूरा गर्ने तयारी गरिएको पहिलो पटक फिचर फिल्म न

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ३७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • साहरुखकी छोरीको पदार्पण

    एजेन्सी । ‘परिवारवाद’ को आरोप खेप्दै आएको बलिउड उद्योगमा बलिउड स्टारका छोरी र नाति पुस्ताले ‘पदार्पण’ गर्दै छन् । जोया अख्तरको फिल्म ‘द आर्चीज’ बाट शाहरुख खान पुत्री सुहाना खान, श्रीदेवीकी पुत्री खुसी कपुर र अमिताभ बच्चनकी नातिनी अगस्त्या नन्दाले एकसाथ पदार्पण गर्न लागेका हुन् । बलिउड स्टार शाहरुखले सुहानाले फिल्म खेल्ने विषयमा गम्भीर चासो देखाएका छन् । बलिउडमा परिवारवादको हाबी हुँदै आएको आरोप लाग्ने गरेको छ । तर, पछिल्लो समय भने बलिउड उद्योगमा नयाँ अनुहारहरू पनि प्रशस्त आउन थालेका छन् । सुहानाको यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिने जनाइएको छ । सिनेमा घरमा भने नलाग्ने जनाइएको छ ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ४९३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मास्टरसेफ सन्तोष साहमाथि फिल्म बन्ने

    धरान । पाककलाका माध्यमबाट विश्वभर चिनिएका नेपालका मास्टरसेफ सन्तोष साहमाथि फिल्म निर्माण गरिने भएको छ । उनको जीवनीलाई आधार बनाएर निर्देशक दीपक रौनियारले फिल्म बनाउने घोषणा गरेका हुन् । साह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२१’ का उपविजेता हुन् । उपविजेतापश्चात् उनी एकाएक सेलिब्रेटी बनेका थिए । उनको बाल्यकालदेखि सेफसम्म आउँदाको दुनियाँबारे फिल्ममा समेटिने भएको हो । हाल फिल्म निर्माणकै लागि रौनियारले उनीसँग संवाद गरिरहेका छन् । केही समयपश्चात् छायाङ्कनमा जान सक्ने निर्देशक रौनियारले बताएका छन् । उनले गरेको जीवन सङ्घर्ष तथा उपलब्धिलाई पनि फिल्ममा समेटिने भएको छ । उनको जीवन अन्यका लागि पनि प्रेरणादा

    • प्रकाशित मितिः जेठ १, २०७९
    • २,५९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘२ नम्बरी’ को छायाङ्कन सकियो

    धरान । चलचित्र ‘२ नम्बरी’ को छायाङ्कन पूरा भएको छ ।निर्देशक दीपेन्द्र लामाले मङ्गलबारबाट छायाङ्कन सकिएको बताएका छन् । छायाङ्कन सुरु भएको २६ औं दिनमा फिल्म सकिएको हो । पोखराबाट छायाङ्कन सुरु भएको फिल्मको पोखराको आसपासमै छायाङ्कन सकिएको हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य भूमिका रहेको छ ।फिल्म मित्रताको कथामा आधारित रहेको बताइएको छ । फिल्म कात्तिक ४ मा रिलिज हुने जनाइएको छ । दुई वर्ष अगाडि कोरोनाको कारण रोकिएको फिल्म कलाकार हेरफेर गरेर छायाङ्कन पूरा भएको हो ।

    • प्रकाशित मितिः बैशाख ३०, २०७९
    • २९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘जोगी द गड अफ नाइट’ लाई २ अन्तर्राष्ट्रिय पुरस्कार

    धरान । निर्देशक दयाराम घिमिरेको डकुमेन्ट्री फिल्म ‘जोगी द गड अफ नाइट’ ले २ वटा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ ।एक साताभित्र भारतको मोख्खो इन्टरनेशनल फिल्म अवार्ड र भुटानको ड्रुक इन्टरनेशनल फिल्म अवार्ड पाउन सफल भएको हो । दक्षिणी भारतको पुडुचेरीमा आयोजना भएको मोख्खो इन्टरनेशनल फिल्म फेष्टिभलमा ‘जोगी द गड अफ नाइट’ उत्कृष्ट डकुमेन्ट्री बनेको हो । विश्वभरबाट आएका फिल्महरूलाई पछि पार्दै नेपालको ‘जोगी द गड अफ नाइट’ डकुमेन्ट्री उत्कृष्ट बनेको हो । त्यस्तै भुटानमा आयोजना हुँदै गरेको ड्रुक इन्टरनेशनल फिल्म फेष्टीभलमा पनि उक्त डकुमेन्ट्री जोगी द गड अफ नाइटले आउटस्ट्यान्डिङ अचिभमेन्ट पुरस्कार

    • प्रकाशित मितिः बैशाख २९, २०७९
    • ३८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘अब घूस दिन्न भनौं’ सार्वजनिक

    धरान । गायक कुवेर राईको स्वरमा सन्देशमूलक गीत ‘अब घूस दिन्न भनौं’ सार्वजनिक भएको छ । बबिन्द्र नेम्वाङको शब्द र भूपेन्द्र राईको सङ्गीत रहेको गीत रुबुसा युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । गीतले घूस लिनु र दिनु गलत भएको सन्देश दिएको छ । घूस लिनु–दिनुभन्दा आफै मेहनत गरेर, पसिना बगाएर केही गरौं भन्ने सन्देश बोकेको गीतको लिरिकल भर्सन सार्वजनिक भएको हो । पृथक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।

    • प्रकाशित मितिः बैशाख २८, २०७९
    • २४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आस्था गिलले नचाइन् नेपाली दर्शक

    धरान । बलिउड गायिका आस्था गिलले नेपाली दर्शक तथा स्रोतालाई नचाएकी छन् । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा सम्पन्न ‘आस्था गिल लाइभ’ कन्सर्टमा नेपाली दर्शकलाई भरपूर मनोरञ्जन दिइन् । उनले आफ्ना लोकप्रिय गीतबाट नेपाली दर्शकलाई मनोरञ्जन दिएकी हुन् । मध्यरातिसम्म नेपाली दर्शकले उनलाई कुरेर बसेका थिए । ‘म पानी पानी हो गई’ गीत गाउँदै स्टेज प्रवेश गरेकी उनले आइतबार बिहानको रातिसम्म प्रस्तुति दिइन् । करिब तीन घण्टासम्म उनले प्रस्तुति दिएकी थिइन् । उनले ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी सुरु हुई है’, ‘नागिन दिन गिन गिन’ लगायत दर्जन बढी हिट गीत प्रस्तुत गरेकी थिइन् । कोरोनापश्चात्

    • प्रकाशित मितिः बैशाख २७, २०७९
    • ३२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानको नाटक घर निर्माणमा एमाले र गठबन्धनको प्रतिबद्धता

    धरान । बजेट अभावका कारण अलपत्र परेको धरान–८ स्थित सभागृहमा निर्माणाधीन ‘धरान नाटक घर’ निर्माणमा गठबन्धन तथा एमालेका उम्मेदवारले प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरेका छन् । तर, निर्वाचन आचार–संहिताअनुसार चुनावी अभियानमा यस्ता प्रतिबद्धता गर्न वर्जित छ । आचार–संहिताविपरीत गठबन्धनबाट प्रमुखमा उम्मेदवारी दिएका किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्रविक्रम बेघाले नाटक घर निर्माण उपभोक्ता समितिले प्रस्तुत गरेको प्रतिज्ञा–पत्रमा हस्ताक्षर गरेका हुन् । यस्तै एमालेबाट प्रमुखको उम्मेदवार मञ्जु भण्डारी र उपप्रमुखका उम्मेदवार पदम इस्बोले १५ बुँदे प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेका छन् । बजेट अभावका कारण नाटक

    • प्रकाशित मितिः बैशाख २६, २०७९
    • ३२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘टोड्के कुसुण्डे’ सार्वजनिक

    धरान । लोकशैलीको गीत ‘टोड्के कुसुन्डे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।राजेशपायल राईको स्वर तथा अशोक चेम्जोङको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा भने भूपेन्द्र तुम्बाहाङ्फेले अभिनय गरेका छन् । भिडियोमा छायाँकार तथा म्युजिक भिडियो निर्देशकको रूपमा पहिचान बनाएका  भूपेन्द्रसँगै पुष्पा लिम्बू, विष्णु मोक्तान, शर्मिला यक्सो, सूर्य तुम्सा, सुमन आङ्देम्बे, पञ्च लावती, चुजन आङ्देम्बे, सन्ध्या लिम्बू, शेरबहादुर तुम्सा र नगेन्द्र आङ्देम्बेलगायतले अभिनय गरेका छन् ।भिडियोको निर्देशन किरण चाम्लिङ राईले गरेका हुन् भने सुमन तामाङ र बोगेन्द्र याम्फूले छायाङ्कन गरेका छन् । थैली इन्टरटेनमेन्टको युट्युब

    • प्रकाशित मितिः बैशाख २५, २०७९
    • ३२७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved