लोक तथा दोहोरी गीतको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको कोशी प्रदेश समिती गठन गरिएको छ ।

बिहिबार सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमको आयोजना गरि प्रतिष्ठानको १७  सदस्य कोशी प्रदेश समिती गठन गरिएको हो । 

लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापा, वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, महसचिव शिव हमालको उपस्थितिमा समिती गठन गरिएको हो । तदर्थ समितिको  संयोजकमा रोम घिमिरे(झापा) सहसंयाेजक रामकुमार राई (खोटाङ) सचिव  सुशील भट्टराई ( मोरङ),  आर्थिक संयोजक  टीका बस्नेत ( धनकुटा) चयन भएका छन । 

त्यस्तै सदस्यहरुमा मेघराज कार्की, रुद्र श्रेष्ठ, मिलन दुलाल, कमलीकान्त भेटवाल, दिपेश बन, रत्न आचार्य, मिरा गिरी, उत्सब बराल, तोया भट्टराई, निश्चल आचार्य, सकुन्तला कार्की, भोलामान  र रबिकिरण मादेन चयन भएका छन । तदर्थ समितिले तीनमहिना भित्र  अधिबेशन गरि  नयाँ कार्यसमिती निर्वाचित गर्नु पर्ने  बताइएको छ । 

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष थापाले देशभर लोक दोहोरी क्षेत्रमा काम गर्ने कलाकारलाई सस्थामा आबद्द गराई लोक तथा दोहोरीको सम्बर्द्धन गर्ने बताएकी छिन ।