गायिका जुनी खालिङ राईको नयाँ गीत ‘माया बस्ला कि’को भिडियो सार्वजनिक भएको छ ।

विशेष लिम्बुको शब्द र कृष्णभक्त राईको संगीत रहेको  लोकशैलीको गीतमा जुनीलाई सुदेश बान्तवा राईले साथ दिएका छन् । 

गीतको भिडियोमा गायिका जुनी र सुजन लिम्बुको मुख्य अभिनय रहेको छ । सुजन लिम्बुले निर्देशन गरेको भिडियोको छायाँकन र सम्पादन डिबी लिम्बुले गरेका छन् । भिडियो गायिका खालिङकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।