धरान/ चलचित्र गाउँ आएको बाटो जेठ २५ बाट रिलिज भएको छ। नवीन सुब्बाको निर्देशनमा बनेको चलचित्रको कथा महेश राईले लेखेका छन्।
 चलचित्र छायांकन पुर्वको धरान भोजपुरको विभिन्न ठाउँमा छायांकन गरिएको छ। गाउँ र शहर विचको कथाबस्तुमा बनेको चलचित्रले गाउँ घरमा हुने गरेको हरेक घरको समस्या र परिवेशलाई उजागर गरेको छ।

कोशी प्रदेशका धरान, इटहरी, बिराटनगर, दमक र विर्तामोडका हलहरुमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ। धरानको फ्रेन्ड सिनेमा हलमा शनिबार याक्थुङ चलचित्रकर्मी संघले बिहानी ८ बजेको शो पुरै टिकट खरिद गरेर थिए। हल हाउसफुल रहेको थियो। 
 चलचित्रले गाउँको मौलिकता जाेडेकाले फिल्म हलहरुमा राम्रो प्रतिक्रिया  समेत पाएको छ।

गाउँ देखि शहर जानू पर्ने बाध्यता र छोराछोरीको चाहाना पूरा गर्ने आमा बुवाले गर्ने प्रेमलाई चलचित्र स्पष्ट कथामा समेटिएको छ।
चलचित्रले एउटा टेलिभिजन किने सपना भोकेका माईलाको जिवनको काहानिमा केन्द्र रहेको छ।

अन्य चलचित्रमा आमाले गरिने मायालाई देख्ने सकिन्छ भने गाउँ आएको बाटोमा बुवाले आफ्नो सन्तानकोलागि गरिने माया र उसको चाहाना पूरा गर्ने सपना लिएर भौतारिएका बुवाको कथा बस्तु देखाएको छ।

चलचित्रले गाउँको परिवेशमा नै सम्पूर्ण  कथा घुमेको छ। भने हरेकको बालापन्न झलकाउ छ। चलचित्रमा मुख्य भुमिकामा दया हाङ्ग राई, पशुपति राई, बाल कलाकार प्रशन्न राई र प्रेम सुब्बाको  मुख्य भुमिका रहेछ।  

चलचित्रले गाउँ घरको व्यवसायलाई अहिलेको नयाँ प्रविधिले पारेको प्रभावले गाउँ  छाडेर शहर लाग्ने र विदेशिनु पर्ने बाध्यतालाई समेत समेटिएको छ।