गायिका जुनी खालिङ राई पछिल्लाे समय पुर्वमा हुने साङ्गीतिक कार्यक्रमहरुमा ब्यस्त बनिरहेकी छन् । 

शुक्रबार उनले संखुवासभाकाे फेक्मालुङमा आयाेजीत साङ्गीतिक कार्यक्रममा आफ्ना गीतहरु प्रस्तुत गरेर दर्शक तथा स्राेतालाई मनाेरञ्जन दिलाईन् । संखुवासभाकाे खाँदबारी स्थित लाेहाेरुङ क्लब पांमाले चन्डी पुर्णिमाकाे अवसरमा आयाेजना गरेकाे ढाँडेहाड सम्बर्द्धन सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रममा विशेष आकर्षणका रुपमा सहभागी जुनीले आफ्ना आधा दर्जन भन्दा बढि गीतहरु गाईन् । जुनीले गाउँदा स्थानीय स्राेता तथा दर्शकले सँगै गाउँदै नाच्दै साथ दिएका थिए ।

कार्यक्रममा गायकहरु उमङ्ग लामा, सुमन राई र सुसन मगरले पनि गीत प्रस्तुत गरेका थिए ।