नेपालको पर्वत जिल्लामा आँखा शिविर सञ्चालन सहयोगार्थ हङकङमा ‘दोस्रो पर्वत साँझ-२०२४’ सम्पन्न भएको छ ।

पर्वत मञ्च हङकङको आयोजना र अन्य विभिन्न संघ संस्थाको सह-आयोजनामा आईतबार हङकङको याउ मा तेई कम्युनिटी हलमा सम्पन्न कार्यक्रममा गायिका तारा थापा, मिलन नेवार र गायक कुलेन्द्र विश्वकर्माले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाल आवाज सर्भिस हङकङको साउन्ड सिष्टमको व्यवस्थापन गरेको थियो ।

received_960092448921765

पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ (मिलन)को अध्यक्षता र मञ्चका भूतपूर्व अध्यक्ष तथा सल्लाहकार विसन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मञ्चका कोषाध्यक्ष भीम गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  ‘हाम्रो पर्वत राम्रो पर्वत’ नारा सहित आयोजना भएको कार्यक्रममा मञ्चका भूपु अध्यक्षहरु दुर्गा गुरुङ (एन्डी), काजीकुमार गुरुङ, श्यामप्रसाद गुरुङ, भुपु संयोजक मिनबहादुर गुरुङ लगायतका सल्लाहकारहरु सहभागी थिए ।

त्यस्तै अतिथिका रुपमा हङकङ नेपाली महासंघ अध्यक्ष रीता गुरुङ, गैर आवासिय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकाल, चेम्बर अफ कमर्सका अध्यक्ष लवकुमार गुरुङ, याउ मा तेई डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ, तमु ट्हो ह्युल हङकङ अध्यक्ष विजयकुमार गुरुङ, स्याङ्जा जनसेवा समिति अध्यक्ष इश्वर गुरुङ, तनहुँ समाज अध्यक्ष तेज गुरुङ, बाग्लुङ समाज अध्यक्ष अमृता राना, मोना हङकङका अध्यक्ष कर्णबहादुर पुन, तमु समाज हङकङका अध्यक्ष नरेन्द्र गुरुङ लगायतका अतिथिहरु उपस्थित थिए ।

received_963802945521805