धरान । फ्रान्सको कान्स सहरमा आयोजित रेड कार्पेटमा इटहरीकी मोडल अनिता लिम्बू पनि देखिएकी छन् ।

कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा मोडल लिम्बू देखिएपछि अन्तर्राष्ट्रिय फिगर बनाएकी छन् । अहिले सबैको चासोको पात्र बनेकी छन् । उनी सुनसरीको इटहरी निवासी भए पनि हाल बेलायतमै बस्दै आएकी छन् । उनी लन्डनबाट प्रतिनिधित्व गर्ने नेपाली हुन् ।

उनले लन्डनमा हुने धेरै फेसन शोहरू साथै टेलिभिजन रियालिटी शोमा पनि सहभागिता जनाइसकेकी छन् । त्यस्तै नेपाली म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।

त्यसो त यसअघि नेपाली नायिकाहरूमा प्रियङ्का कार्की, सुरक्षा पन्तले पनि कान्सको रेड कार्पेटमा सहभागिता जनाइसकेकी छन् । यस पटकको कान्समा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) पनि सहभागी भएका थिए । कान्स हरेक वर्षको मे महिनामा हुँदै आएको छ । ७७ औँ शृङ्खलामा नगरप्रमुखलाई पनि आमन्त्रित गरिएको थियो ।