साउथ इण्डियन फिल्ममा आफूलाई सुपरस्टारका रुपमा दर्ता गरेका धनुष ट्वीटर र गुगलमा ट्रेण्डिङमा छन् ।

३६ औं जन्मदिन मनाइरहेका धनुष उनको आगामी चलचित्र पतासूका कारण पनि चर्चामा छन् । यो फिल्मको पोस्टरमा धनुषलाई ‘इल्या सुपरस्टार’ भनिएको छ । यो पहिलो अवसर हो जहाँ धनुषलाई युवा सुपरस्टार भनिएको छ ।

dhanus1

हिन्दी सिनेप्रेमीलाई समेत धनुषले उनको रांझणा फिल्मबाट प्रभावित गरिसकेका छन् । हिन्दीमा उनले धेरै काम त गरेका छैनन् तर कोलावेरी–कोलावेरी डी गीतका कारण धनुष सबैको मनमनमा बसेका छन् । यसै गीतका कारण पनि धनुषलाई चिन्नेको सङ्ख्या धेरै छ ।

यो गीतलाई धनुष आफैंले लेखेका हुन् भने गीत पनि उनैले गाएका छन् । यो गीत आफैंमा कीर्तिमानी गीत हो । आफ्नो समयमा यसले पुराना कयौं गीतको रेकर्डलाई तोडिदिएको थियो । बीबीसीका अनुसार १०० मिलियन भ्युज पाउने यो भारतको पहिलो गीत हो । जसको अफिसियल भिडियोले मात्रै हालसम्म १८९ मिलियन भ्युज पाएको छ ।

यी फिल्म अभिनेता धनुषको वास्तविक नाम वेन्कटेश प्रभु हो ।

उनी तमिल फिल्म निर्देशक र निर्माता कस्तुरी राजाका छोरा र तमिल सिनेमाका सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याका श्रीमान् हुन् ।

dhanus-Aish

ट्रेण्डिङमा शाहरुख
ट्वीटर ट्रेण्डमा अर्का सुपरस्टारले पनि ट्रेण्ड गरिरहेका छन् । र उनी हुन् बलिउड बादशाह शाहरुख खान ।

#WeMissSRKOnBigScreen वीमिसएसआरकेअनबीगस्क्रिन ह्यासट्याग बाट ट्वीट गरेर शाहरुखको सम्झना गरिरहेका छन् उनका फ्यानहरु । भिन्न तरिकाले शाहरुखलाई ट्याग गर्दै फ्यानहरुले सोधिरहेका छन्, उनका प्रशंसकले ठूलो पर्दामा उनलाई कहिले देख्न पाउँछन् ?

शाहरुखको अन्तिम फिल्म जिरो गत डिसेम्बरमा रिलिज भएको थियो । आनन्द एल रायको यो फिल्ममा शाहरुख खानसँगै कटरिना केफ र अनुष्का शर्माले मुख्य भूमिका निर्वाह गरेका थिए । यद्यपि यो फिल्मले जादू देखाउन सकेको थिए ।

zero-trailer-thumb-main

सात महिना भइसक्यो अहिलेसम्म शाहरुखको नयाँ चलचित्र घोषणा भएको छैन । यसैकारण पनि पनि उनलाई चाहनेहरु ट्वीटरमा शाहरुखलाई प्रश्न गरिरहेका छन् ।

शाहरुख खानले अप्रिलमा इण्डिया टुडे टीभी च्यानलमा दिएको अन्तर्वार्तामा आगामी प्रोजेक्टका बारेमा बताएका थिएनन् तर उनले जुनसम्म केही न केही निर्णय लिने बताएका थिए । यद्यपि जुलाई बित्न लाग्दासम्म उनले कुनै फिल्मको घोषणा गरेका छैनन् ।

srklk

हाल शाहरुखले एनिमेटेड फिल्म द लायन किङमा आवाज भने दिएका छन् । उनले फिल्मको क्यारेक्टर मुफासाका लागि डब गरेका थिए र, उनका छोरा आर्यनले मुख्य भूमिका सिम्बाका लागि डब गराएका छन् ।

योसँगै ऐश्वर्या राय बच्चन छोरी आराध्यसँग लिएको फोटो र अबेर राति इन्स्टाग्राम पोस्ट गरेपछि चर्चामा छिन् । यस्तै करण जोहर इन्स्टाग्राम भिडियोका कारण ट्रेण्डिङमा छन् । उनको भिडियोमा मलाइका अरोरा, अर्जुन कपुर, शाहिद कपुर मुस्कुराउँदै गरेको देखिन्छन् । सायद यो कुनै पार्टीको भिडियो हुनुपर्छ ।

– बीबीसी/हिन्दी